समाचार/लेखलाई सेयर गर्नुहोस् ।

कृपया यो पेज Like गर्नु होला

अन्जनी कुमार अधिकारी
उदयपुर। चौदण्डीगढी नगरपालिका वडा नं ९ हडिया धातीटोल स्थित २० घर परिवार हडिया (मुसहर्निया) खोला बाढीको उच्च जोखिममा परेका छन।
गएराती आएको बढी धातीटोल तर्फ लागेपछी उक्त बस्ती जोखिममा परेको स्थानीय काङ्रेस नेता चन्द्रलाल गिरीले जानकारी दिनु भएको छ। गएरातीको बाढी बस्ती तर्फको भागमा पसेर कटान सुरु गरेको हो। उक्त क्षेत्रमा २० घरपरिवारको बसोबास रहेको छ। उक्त बस्ती क्षेत्र हुँदै खोला पसे राजावासमा रहेको १००औं बिघा खेतीयोग्य जमिन बालुवामा परिणत हुने गिरीले जानकारी दिएका छन।
हडिया (मुसहर्निया) खोलाले उक्त धातीटोल स्थित २० घर परिवारको बस्ती तर्फ कटान सुरु गरेपछी आज नगर उपप्रमुख रिताकुमारी चौधरीले स्थलगत अवलोकन गर्नु भएको छ।
अवलोकन पस्चात तत्काल बाढी रोकथामको लागी २० थान तारजाली र बोरा नगरपालिकाले उपलब्ध गराउने बताइएको छ। यसै बिच सोही खोलाले साबिक हडिया ६ मा पर्ने बस्नेत टोल नजिक सेमत तिब्र कटान सुरु गरेको वडा अध्यक्ष प्रकाश राउतले बताउनु भएको छ। वहाँका अनुसार तत्काल दुबैठाँउमा तारजालीमा बोरा भरेर आस्थाइ रोक्थामको लागी भोली वा पर्सीबाट काम सुरु गरिने छ। अध्य्क्ष राउतका अनुसार सिंचाइकार्यालय गाइघाटबाट समेत केही सहयोग उपलब्ध हुने आश्वासन भए अनुसार तत्काल दुबैठाँउको लागी रोकथामाको उपाय गरिने बताएका छन।
यता यस बर्षको मनुसन सकृय भएसंगै नगरका बिभिन्न ठाउँमा बाढी पस्ने खतरा रहेकोले बेलैमा उच्चसतर्कता अपनाउन नगरले सम्पूर्ण नगरवासीमा अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: