समाचार/लेखलाई सेयर गर्नुहोस् ।

कृपया यो पेज Like गर्नु होला

अन्जनी कुमार अधिकारी
उदयपुर। चौदण्डीगढी नगरपालिका ६ बेल्टार, सातधारेमा रहेको जिल्लाकै एक मात्र कोभिड १९ अस्पताल “उदयपुर कोभिड १९ अस्पताल” बेल्टारलाई सेभ द चिल्ड्रेन उदयपुरले १८ लाख भन्दा धेरै मूल्य बराबरको स्वास्थ्य सामाग्री आज सोमबार एक कार्यक्रमका बिच नगर प्रमुख खगेन्द्र राई, उपप्रमुख रिताकुमारी चौधरी, नगर स्वास्थ्य शाखा प्रमुख तथा उपप्रमुखको संयुक्त उपस्थितमा सेभ द चिल्ड्रेन उदयपुरका कार्यक्रम संयोजक दिपक बुढाथोकी र सेभ द चिल्ड्रेनको सहयोगी संस्था वाल विकास समाज उदयपुरकि उपाध्यक्ष सितामाया तामाङले हस्तान्तरण गर्नु भएको हो।
आज उदयपुर कोभिड अस्पताल बेल्टारलाई अक्सिजन कन्सेन्ट्रेटर प्रती मिनेट १० लिटरको ३ ओटा, अटोमेटिक आईसियु बेड सेट २ ओटा, अस्पताल बेड (म्याट्रेस, पिलो सहितको) सेट ४ ओटा, बिरामी मनिटर २ ओटा, इमर्जेन्सी ट्रली १ ओटा, पिपिई सेट १५० थान, पल्सअक्सिमिटर १० ओटा, एन्टिजेन्ट कीट ४ सय थान, ट्रसबिन २० लिटरको २ थान, डिस्पोसेबल ब्याग ५० थान, फेसिल्ड १०० थान, ५००ml को सेनिटाइजर ५० बोतल, मिडिकल मास्क ५०० थान, रबर बुट ५ जोर र डेडबड्डि ब्याग १० थान हस्तान्तरण गरेको हो।
उक्त सामाग्री कुल १८ लाख ६४ हजार ७ सय रुपैया बराबरको रहेको सेभ द चिल्ड्रेन उदयपुरका कार्यक्रम संयोजक दिपक बुढाथोकीले जानकारी दिनु भएको छ। वहाँका अनुसार संस्थाले उदयपुर कोभिड अस्पताल बेल्टार बाहेक अन्यठाउँमा समेत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। संस्थाले जिल्ला स्थित उदयपुर जिल्ला अस्पताल उदयपुर, कटारी नगरपालिका, जिल्ला प्रहरी कार्यालय उदयपुर, शसस्त्र प्रहरी बल ५ नं. गण हेडक्वाटर उदयपुर लगायतलाई गरि कुल ४० लाख ६४ हजार ७ सय ८२ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।


सेभ द चिल्ड्रेन उदयपुरले हाल जिल्लाकै उदयपुरगढी गाउँपालिकाका सबै वडा र कटारी नगरपालिकाको माथिल्लो भागमा व्यावसायिक तरकारी खेती गराउदै आएको छ। यद्यपि कोभिडको दोश्रो भेरियन्ट संगै उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले यस अघिपनि जिल्ला विपद् व्यवस्थापन समितिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो।
सामाग्री हस्तान्तरण पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खगेन्द्र राईले विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ का बिरामीको जिल्लाभित्रै सहज उपचार गराउने कोशीस सहित उदयपुर कोभिड १९ अस्पातलको स्थापना गरिएको र यो अस्पातल यहाँहरु जस्तै संघसंस्थाको सहयोगमा संचालन गर्ने लक्ष र हिम्मतका साथ स्थापना गरिएको भन्दै भगवानले तँ चिता म पुर्याउछु भन्छन भने झै भएकोले आज यस अस्पातलबाट कोभिडका बिरामीलाई सहज उपचार गराउन सफल भएको प्रती गर्व ब्याक्त गर्दै सहयोगी सम्पूर्ण संस्थाप्रती आभार प्रकट गर्नु भएको थियो।

हास्तान्तरण कार्यक्रममा ईलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख छे फिन्जो भोटे, शसस्त्र प्रहरी बेस क्याम्प बेल्टारका प्रमुख लगायतको उपस्थिती रहेको थियो।

 

तपाईको प्रतिक्रिया