समाचार/लेखलाई सेयर गर्नुहोस् ।

तुलसी प्रसाद कोईराला

कृपया यो पेज Like गर्नु होला

प्रश्न ः ‘डाक्टर सा’प, कोरोना खोप लगाएपछि बच्चा जन्मदैन रे हो ?’
उत्तर ः कोरोनाको खोपले प्रजननमा कुनै असर पुर्याउदैन, तपाईहरुले ढुक्क सँग खोप लगाउनु र अरुलाई पनि लगाउन सचेतना दिनुहोला ।’
यति भन्न नपाउदै अर्को प्रश्न आउछ ः यो खोप कत्तिको विश्वसनिय छ ?
उत्तर ः यो खोप लामो अनुसन्धान र पटक पटकको परिक्षण पछि प्रयोगमा ल्याईएको हो, बैज्ञानिकहरुले कोरोना रोक्ने एकमात्र उपाय भएकाले खोपको विकास गरिएको हो ।
प्रश्न ः खोप लगाईसकेपछि जिउमा समान्य स्वास्थ्य समस्या देखियो के कारण होला ?
उत्तर ः सामान्य खोप लगाईसके पछि शारिरले दिने प्रतिक्रिया हो । हाम्रा साना नानीहरुले समेत खोप लगाउँदा शरिर तात्तिने जस्ता समस्या आउछ, यो समान्य समस्या हो ।
यो छलफल फागुन २२ गते विहान जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको सभाहलमा डाक्टर र पत्रकार बीचको सवाल जवाफ हो ।
माघ १४ गते स्वास्थ्यकर्मीहरुका लागि सरकारले अनुदानमा पाएको अस्कफोर्ड विश्वविद्यालयको सुत्रद्वारा भारतको सेरोन इन्सच्युट्युचले उत्पादन गरेको कोभिसिल्ड खोप लगाउन सुरु गर्यो । खोप अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले ३ महिना भित्र सबै नेपालीलाई खोप लगाईसक्ने घोषण समेत गरे । स्वास्थ्यकर्मीले समेत खोप लगाउन चासो नदिएपछि दोस्रो चरणमा फागुन ३ देखी निजामती, प्रहरी, पत्रकारहरुका लागि खोप कार्यक्रम संचालन गर्यो तर खोप अभियानमा उल्लासमय सहभागिता भएन ।
सरकारले १० लाख डोज खोप खरिद गरेपछि ६० बर्ष माथिका नागरिकलाई खोप लगाउने कार्यक्रम सार्वजनिक गर्यो । पहिले समाजका सचेत वर्ग पनि खोप अभियानमा सहभागि नभएपछि जेष्ठ नगारिकहरुलाई खोप अभियानमा सहभागि गराउनको लागि स्वास्थ्य कार्यालयले पत्रकार मार्फत खोपको बजारको भ्रम हटाउने उपाय निकाल्यो ।
फागुन २३ गते देखी खोप अभियान सुरु गर्ने एक दिन अघि स्वास्थ्य कार्यालयले उदयपुरका संचारकर्मीहरुको लागि अभिमुखिकरण कार्यक्रम नै आयोजना गर्यो ।
अभिमुखिकरण कार्यक्रममा उदयपुरका सबै पत्रकार उपस्थित थिए । पत्रकारहरुलाई नास्ताको रुपमा मांशाहारीको लागि कुखुराको मासु र चिउरा थियो भने अण्डे भेजिटेरियनको लागि अण्डा चनाको व्यवस्था समेत गरिएको थियो । त्यतिमात्र कहा होर पत्रकारले खोप लगाउन सहजिकरण र प्रचार प्रसार गरिदिन्छन भनेर आउने जति सबै पत्रकारलाई यातायात खर्च समेत भनेर रु ४ सय समेत थमाईयो । कोरोना माहामारी सुरु भएपछि भत्ताबाला कार्याक्रम हुन छाडेकाले पनि होला, केही दिनको लागि त्यही ४ सय रुपैया संचार खर्च हुने भनेर पत्रकारहरु मख्ख थिए ।
उता अभिमुखीकरणमा यातायात खर्च त दिए दिए, खोप लगाउन चेतना फैलाउने उद्देश्यले स्थानीय पत्रपत्रिकालाई विज्ञापन समेत दिने कार्यक्रममौ घोषणा गरियो । पत्रकार महासंघले विज्ञापनको रकम बाँडाफाँड गर्ने गरि जिम्मा लिएको समेत सुचना दिईयो ।
पत्रकार महासंघका अध्यक्ष भरत खड्काले आ आफ्नो संचारमाध्यममा कोभिड १९ को खोप अभियानको सूचना हालेर खाली विल दिनु भन्ने उर्दी गरे । कुन कुन संचारमाध्यमले सूचना हाले कुन कुन संचार माध्यमले विल दिए । कति पैसा आएको थियो त्यो थाहा भएन ।
त्यही कार्यक्रममा बसेर यातायात खर्च लिने, पत्रिकामा सूचना निकालेर रकम समेत बुझ्ने आधा दर्जन पत्रकारहरु समेत खोप लगाउन छुटेका रहेछन ।
अहिले चीन सरकार अनुदानमा दिएको भेरोसिल खोप लगाईरहेको छ । जेठ २५ गते देखि चौथो चरणको खोप अभियानमा सरकारले ६२ बर्ष देखि ६४ बर्ष सम्मका बृद्ध बृद्धालाई खोप लगाउने योजना बनायो । पहिले खोप लगाउ लगाउ भन्दा नलगाउनेहरु अहिले म खोप लगाउन छुटे भनेर जिल्ला प्रशासन र स्वास्थ्य कार्यालयमा दवाव दिन थालेका छन ।
त्यती मात्र होईन बेलका नगगरपालिकामा त राजनैतिक दलका नेताहरुले भाग भण्डा गरेर समेत खोप लगाउन भ्याए ।
उदयपुर जिल्लामा प्राप्त ५ हजार खोप लक्षित समुदाय भन्दा बाहिर प्रयोग भएको छ । खोपको व्यवस्थापन र सहजिकरण गर्ने गठित खोप समन्वय समिति मुकदर्शक बनेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले सरकारले तोकेका क्षेत्र भन्दा बाहिर गएर खोप लगाउन दवाव आएको स्वीकार गरे । ‘हामीले खोप लगाउ लगाउ भन्दा प्रजनन शक्ति ह्रास हुन्छ भनेर खोप लगाएनन, अहिले आएर खोप चाहियो भन्छन् ।’ प्रमुख सुवेदीले भने ‘पहिले बास्मती चामलको भात आफै पस्केर खाउ भन्दा मानेनन्, नमिल्ने भएपछि उसिनाकै भएपनि चाहियो भनेर जिद्दी गर्छन ।’
अहिले पत्रकार, निजामति, प्रहरीबाट खोप चाहियो भनेर दवाव आएको स्वास्थ्य कार्यालयले जनाएको छ । फ्रण्टलाईनमा रहेर काम गर्नेलाई खोप लगाउनु पर्ने हो तर अहिले लक्षित वर्ग भनेको बृद्ध बृद्धा हुन उनीहरुलाई लगाईसकेपछि बचेको खोप के गर्ने भनेर खोप समन्वय समितिले निणर्य गर्ने सुवेदीले बताए । खोपको दुरुप्रयोग बारे खोप समन्वय समतिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले पनि पहिलो लटमा छुट भएका जेष्ठ नागरिकलाई लगाउन भनेको, तर राजनीतिकर्मी, निजामती कर्मचारी, जनप्रतिनिधि, पत्रकारलाई लगायतलाई खोप दिन नभनेको बताए ।
लक्षित समूहलाई लगाइसकेपछि बाँकी रहेको खोप प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयको राय लिएर निणर्य गर्ने सेडाईको भनाई छ ।

तपाईको प्रतिक्रिया