समाचार/लेखलाई सेयर गर्नुहोस् ।

बेल्टार । चौदण्डीगढी नगरपलिकाका हावाहुरी पीडितलाई नगरपालिकाले आज जस्तापाता सहयोग गरेको छ।

कृपया यो पेज Like गर्नु होला

बैशाख १८ गतेको हावाहुरी नगरपालिकाको वडा नं २, ३ र ४ का धेरै घरमा पुर्याएको क्षती पुर्याएको थियो ।

हावाहुरी क्षेती पुर्याएको वडा नं २ का ३५ घर र वडा नं ३ का २१ घर को लागी बिभिन्न साइजका क्रमश ८० र ६९ बण्डल गरी १४९ बण्डल जस्तापाता आज नगरपालिकाले प्रदान गरेको हो।

आज नगरपालिकाले वडा नं २ र ३ मा नगर प्रमुख खगेन्द्र राइ, उपप्रमुख रिता चौधरी, संबन्धित वडाका वडा अध्यक्ष सन्तोष सुबेदी र प्रशुराम राइले संयुक्त रुपमा उक्त जस्तापाता हस्तान्तरण गरेको हुन।

नगरले उक्त जस्तापाता खरिदमा अन्दाजी १५ लाख २० हजार खर्च भएको बताएको छ। वडा नं ४ मा भने केही दिन पश्चात जस्तापाता हस्तानतरण गरिने नगरले जनाएको छ।

 

 

 

तपाईको प्रतिक्रिया