समाचार/लेखलाई सेयर गर्नुहोस् ।

बेल्टार ।  चौदण्डीगढी नगरपालिकाले फुसको छाना हटाई टिनको छानो लगाउन जस्ता उपलब्ध गराउने भएको छ।

कृपया यो पेज Like गर्नु होला

चौदण्डीगढी नगरपालिका भित्र बाट संकलित ४२० घर धुरी मध्ये गत १४ गते बसेको सुरक्षित नागरिक आवास समान्वय समितिको बैठकबाट  २६७ फुसको छानो हटाउने भएको हो ।

सहरी बिकास तथा भवन निर्माण डिभिजन राजबिराजले सुरक्षित नागरिक आवास २०७७ पहिलो संसोधन अनुसार प्राप्तान्कको आधारमा चौदण्डीगढी नगरपालिकाका ३०५ घर धुरीको जस्ता उपलब्ध हुने गरी स्विक्रित भएर आएको जनाएको छ ।

नगर भित्रका ३०५ घर धुरीले जस्ता पाउने भएका छन । वडा नं ५ का फुसको छाना हुनेको नामावली समयमा नगरपालिकामा उपलब्ध नहुँदा हाल वडा नं ५ बाहेकका सबै वडा २६७ घर धुरी यस कार्यक्रम मार्फत लाभान्वित हुने नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया