समाचार/लेखलाई सेयर गर्नुहोस् ।

अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला


उदयपुर। चौदण्डीगढी नगरपालिकाको वडा नं. ५ स्थित बेल्हीमा कवर्ड हल निर्माण हुने भएको छ।
नगरपालिकाको भौतिक पुर्वाधार बिकास अन्तर्गतको १० लाख बजेट बिनियोजन भए पछी कवर्ड हल निर्माण हुन लागेको हो।
सिङ्गल कोर्टको डिजाइन अनुसार निर्माण हुन लागेको उक्त कवर्ड हल निर्माणको जिम्मा ९ लाख ७९ हजारमा बैठार निर्माण तथा ढुवानी सेवा प्रा.ली. ले पाएको छ। निर्माणाधीन उक्त कवर्ड हल १९.७५ मिटर लम्बाई र १०.९८ मिटर चौडाइ हुने निर्माण कम्पनीका बिरेन्द्र बिष्टले जानकारी दिनुभएको छ।
नगरपालिकाको बजेट मार्फत कवर्ड हल निर्माण हुने भए पछी आज नगर प्रमुख खगेन्द्र राई र वडा नं. ५ का अध्यक्ष देवनारायण चौधरीले संयुक्तरुपमा शिलान्यास गर्नु भएको छ।
कोभिड महामारीको बेला स्थानीय युवाहरू बहिर गएर काम गर्न सक्ने अवस्था नरहेको साथै नेपालका धेरै नगरपालिकाहरुले पुँजीगत तर्फको बजेट खर्च समेत गरिनसक्ने अवस्थालाई मध्यनजर गरेर बन्दाबन्दीकै समयमा सुरक्षा मापदण्ड पुर्याएर काम गर्न लागिएको नगर प्रमुख राईको भनाई रहेको छ।

 

तपाईको प्रतिक्रिया