समाचार/लेखलाई सेयर गर्नुहोस् ।

-गिरिस चन्द्र पराजुली
कुनै एउटा सानो गाउँमा ममतामयी आमा थिइन्। उनको एकमात्र छाेरा थियो। त्यही छोराको हेरचाहमा ति आमा अवरात्र सदैव खट्थिइन्। छोराको भविष्यबारे कल्पना गर्दै दिनरात बिताउँथिइन्। उनको हरेक अङ्गमा त्यहीँ छोराको माया र ममता थियो। कुनै दिन छाेरा घर ढिलो आएको बेला सोध्थिइन् , बाबु किन आज ढिलो , का गएको थियौं, के खायौं । यति मात्र का होर छोराको शरीरमा कुनै घाउ, चोट केही भयो भने आमाले उसको स्याहारमा दिन रात नभनी आफूले खाई नखाई नसुती उसको स्याहारसुसारमा तप्पर हुन्थिन्।
तर आमाको माया धेर पाएर होला छाेरा जति ठूलो हुँदै गयो त्यति नै पुलपुलेर अटेर हुँदै गयो। आमाले भनेको केही टेर्दैन थियो। आमाले पस्केको खाना समेत नखाई त्यही छोडेर बाहिर निस्किनथ्यो। आमाले स्कुलमा पढ्न भनेर पठाउँथिन् , तर छाेरा स्कुलकै कपडा लगाएर खराब साथीको
संगतमा लगेर दिनभर हराउथ्यो साँझ परेपछि टुप्लुक्क घर आउथ्यो।
छोरा ढिलो आएपनि उसलाई नखुवाई सम्म आफू खादिनन् थिई। छोरा नसुते सम्म सूतदिनन् थिई। भोलि पल्ट छाेरा बिहानै आमालाई केही थाहा नदिई सुत्त बाटो लाग्थ्यो। यो समयमा आमाको मनमा काँडा विजे जस्तो हुन्थ्यो। तर पनि आमा हो आफूले नहारे सम्म वा आफूले हारे पनि छोराको स्याहार गर्न रोकिनन्। यही क्रमले छाेरा १९ बर्षको भएछ। यस्तै बर्ष मा उसको युवतीसँग प्रेम सम्बन्ध सुरु भएको थियो। उसले प्रेम गर्दा आमालाई पुरै वित्सिन्थियो । केटोले उसको प्रेमिकालाई धेरै माया गर्ने हुँदा उसले भनेको सबै कूरा मान्थ्यो। तर त्यो केटिले भने उसलाई वेवास्था गर्थि। त्यही समयमा केटाले उसको प्रेमिकालाई आफ्नो मनमा भको सबै कुरा बताउँछ, उसले म तिमी जे भन्छौ सबै कुरा स्वीकार्न तयार छु भन्छ। उसले म तिम्रो लागि यो संसार समेत त्याग्न तयार छु भन्छ। त्यस पश्चात् ति प्रेमिकाले म एउटा कुरा माग्छु तिमी दिन तयार छौ भनी सोध्छे, केटोले भन्छ के कुरा भन यदि त्यो जमीन मुनि छ भने पनि ल्याएर तिम्रो सामु प्रस्तुत गर्छु। त्यसपछि प्रेमिकाले सोध्छे मलाई तिम्रो आमाको मुटु दिन सक्छौ भनिनसकी केटो दौडदै आमा सामु पुग्छ , केटो गलेर थाकिसकेको हुन्छ। त्यही समयमा आमाले सोध्छिन् , बाबु के भयो तिमीलाई पसिनै पसिना भको छौ त भन्छिन् । तर केटो केही बोल्दैन। त्यसको केही समय पछि आमालाई भन्छ , आमा मलाई तिम्रो मुटु चाहिएको छ। उसलाई म माया गर्छु उसैले मागेकी छे। त्यसपश्चात आमाले भन्छिन् यदि तेरो प्रेमिका मेरो मुटुले खुसी हुन्छे भने लैजा लगेर दे बाबु भन्छिन्। आमले आफ्नो मुटु दिन तयार भइन्। केटोले आमाको मुटु बाहिर निकाल्यो। त्यो मुटु हातमा बोकेर केटो आफ्नो प्रेमिका सामु दगुर्दै जाँदै गर्दा बाटोमा ठेस लागेर लड्यो। उसको हातमा रहेको मुटु समेत उछिट्टिएर दुई हात पर पुग्यो। केटो घिश्रिदै सकी नसकी भएपनि त्यो मुटु भए सम्म पुग्यो। र
अन्त्यमा त्यही मुटुले सोध्यो ” बाबु तँलाई कतै चोट त लागेन”।
मातृ देवो भव:
धन्यबाद!!

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया