अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला


उदयपुर, चौदण्डीगढी नगरपालिका नेपाल बिद्यार्थी संघले स्व नवीन्द्रराज जोशीको १३औँ पुण्यतिथिका अवसरमा शोक सभाको कार्यक्रम आयोजना स्वर्गीय जोशी प्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
आज जोशीको १३औँ पुण्यतिथिका अवसरमा बेल्टार स्थित नेपाली काङ्ग्रेसको क्षेत्रीय पार्टी कार्यालयमा शोक सभाको आयोजना वहाँ प्रति श्रद्धाञ्जली अर्पण गरिएको हो।
कार्यक्रम चौदण्डीगढी नगरपालिका नेपाल बिद्यार्थी संघका सभापति बिवस राईको सभापतित्वमा आयोजना भएको थियो भने कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति भोजराज खतिवडा, नगर सभापति राजेन्द्र पौडेल, नगरप्रमुख खगेन्द्र राई, उपप्रमुख रिता चौधरी,
महाधिवेशन प्रतिनिधिहरु ,महासमिति सदस्यहरु ,वडा अध्यक्ष , नगर सदस्य, वडा सदस्य , तरुण दलका प्रतिनिधिहरु ,महिला संघ ,शिक्षक संघ र ने.बि.संघका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो ।
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री समेत रहेका स्वर्गीय जोशी छोटो समयमा धेरै काम गर्नसक्ने अध्ययनशील नेता हुनुहुन्थ्यो भने केही समय मन्त्री हुँदा पनि देश र जनताको पक्षमा काम गरेर जोशीले आफ्नो र पार्टीको नाम उच्च राख्नुभएको थियो त्यस्ता नेता गुमाउनु पर्दाको पीडा शोक सभाका बक्ताहरुले ब्याक्त गर्दै वहाँको निधनले काङ्ग्रेसलाई ठूलो क्षेती पुगेको बताएका थिए।
नेपालि काँग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको गत फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारको क्रममा दुखद निधन भएको थियो।

 

तपाईको प्रतिक्रिया