अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला


उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ७ निवासी समाजसेवी केशव अधिकारीले ब्याक्तिगत खर्चमा उदयपुर ह्याण्डबल एकेडेमी चौदण्डीगढी नगरपालिकाका खेलाडीलाई आज एक कार्यक्रमका बिच जर्सी हस्तान्तरण गर्नु भएको छ।
ब्याक्तिगत खर्चमा कारीब १८ हजार बराबरको ५० थान जर्सी ह्यान्डबल एकेडेमिका खेलाडीलाई हस्तान्तरण गर्नु भएको हो।
चौदण्डीगढी नगरपालिका वडा नं. ७ निवासी केशब अधिकारीको नेतृत्वमा समाजसेवी मबिराज राइ, प्रियाा राइ, उषा राइ लगयातका समाजसेवीहरु चौदण्डीगढी नगरपालिका वडा नं ६ स्थित समावेशी खेलमैदान पुगेर उदयपुर ह्याण्डबल एकेडेमीका अध्यक्ष तथा चौदण्डीगढी नगरपालिका ह्यान्डबल अध्यक्ष बिदुर राई मार्फत सम्पुर्ण उपस्थित खेलाडीलाई हस्तान्तरण गरिएको थियो।
हस्तान्तरण कार्यक्रममा उदयपुर ह्याण्डबल एकेडेमी चौनपाका सम्पुर्ण राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका खेलाडीहरुको उपस्थिती रहेको थियो।
उदयपुर ह्याण्डबल एकेडेमीका अध्यक्ष तथा चौदण्डीगढी नगरपालिका ह्यान्डबल अध्यक्ष बिदुर राईले ह्यान्डबल एकेडेमीको जिम्मेवारी लिए देखि खेलाडीहरु निकै हर्षित र उत्साहित रहेको एक खेलाडीले जानकारी दिएका छन उनले भने अध्यक्ष बिदुर राइले निकै दु:ख गरेर भए पनि खेलाडीहरुलाई खुशी दिन हरपल कोशीस गर्नु भएकोले हामी सम्पूर्ण खेलाडी खेल खेल्न निकै उत्साहित भएका छौ।
स्मरणीया छ हिजो मात्र उदयपुर ह्याण्डबल एकेडेमीका अध्यक्ष बिदुर राईले चौदण्डीगढी नगरपालिका वडा नं ६ बाट एकेडेमिका खेलाडीलाई जुत्ता हस्तान्तरण गराउनु  भएको थियो।

 

तपाईको प्रतिक्रिया