अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला


उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ६ ले उदयपुर ह्याण्डबल एकेडेमी चौदण्डीगढी नगरपालिकाका खेलाडीलाई आज एक कार्यक्रमका बिच जुत्ता हस्तान्तरण गरेको छ।
वडाको खेलकुद शिर्षक मार्फत ५० हजार बराबरको मुल्यमा ३८ जोर नाइक ब्रान्ड को ह्यान्डबल खेलाडीलाई जुत्ता हस्तान्तरण गरिएको हो।
चौदण्डीगढी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कमलध्वज राईको नेतृत्वमा सम्पुर्ण वडा सदस्य तथा वडाका कर्मचारीहरु आज समावेशी खेलमैदान पुगेर उदयपुर ह्याण्डबल एकेडेमीका अध्यक्ष तथा चौदण्डीगढी नगरपालिका ह्यान्डबल अध्यक्ष बिदुर राई मार्फत सम्पुर्ण खेलाडीलाई जुत्ता  हस्तान्तरण गरिएको थियो।
हस्तान्तरण कार्यक्रममा उदयपुर ह्याण्डबल एकेडेमी चौनपाका सम्पुर्ण राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका खेलाडीहरुको उपस्थिती रहेको थियो।
उदयपुर ह्याण्डबल एकेडेमीका अध्यक्ष तथा चौदण्डीगढी नगरपालिका ह्यान्डबल अध्यक्ष बिदुर राईले ह्यान्डबल एकेडेमीको जिम्मेवारी लिए देखि निकै राम्रा राम्रा कार्यहरू गर्दै आउनु भएको छ।
बिगत केही महिना अघि मात्र नगरको मुटुमा अवस्थित पिकनिक स्पोर्ट्स सफाई देखि लागुपदार्थ दुर्ब्यसनी बिरुद्ध सचेतना कार्यक्रम आयोजना गरेर एकेडेमीको नाम उच्चो राख्दै आउनु भएका अध्यक्ष राईले अहिले फेरि वडा संगको समन्वयमा आफ्ना एकेडेमीका खेलाडीलाई जुत्ता उपलब्ध गराउन सफल हुनु भएको हो।

 

तपाईको प्रतिक्रिया