अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला


उदयपुर, जिल्लाको चौदण्डीगढी नगरपालिकामा राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ।
जिल्ला ह्याण्डबल संघ उदयपुरको आयोजना तथा चौदण्डीगढी नगरपालिकाको मुख्य प्रायोजनमा यही २०७८ साल असार ९ गते बाट १३ गते सम्म उक्त आयोजना हुने प्रतियोगिता आयोजना मुल समितीका अध्यक्ष शम्भु पौडेलले जानकारी दिनु भएको छ।
राष्ट्रिय स्तरका पुरुष ९ टिम र महिला ९ टिम गरि कुल १८ टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन भने हरेक टिममा १२ खेलाडी सहित १ जना अफिसियल रहने छन।
बिजेता दुबै टिमका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमश १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कारले सम्मान गरिने अध्यक्ष पौडेलले जानकारी दिएका छन।

राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शम्भु पौडेलको अध्यक्षता तथा नगरप्रमुख खगेन्द्र राइ  सम्रक्षक एवम उपप्रमुख रिता कुमारी चौधरीको सहसम्रक्षकत्वमा हुने आयोजक समितिले जानकारी दिएको छ।
राष्ट्रिय ह्याण्डबल प्रतियोगिता बारे बिस्तृत जानकारी लिन आयोजना मुल समितिका अध्यक्ष शम्भु पौडेलको मोबाइल नं. ९८५२८३५०३०, ज्ञानेन्द्र प्रधान ९८५१०१२३५४, बिन्दा थापा ९८५१२२६९५२ र आयोजना सचिव शसीचन्द्र राइ ९८६२७५३३१३ मा सम्पर्क गर्न सकिने समेत आयोजक कमिटीले जानकारी गराएको छ।चौदण्डीगढी नगरपालिका वडा नं. ६ स्थित समावेसी खेल मैदानमा राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भए संगै आज प्रदेश १ का मुख्य मन्त्रीलाई समेत यस आयोजना बारे चौदण्डीगढी नगरपालिकाको तर्फबाट नगर प्रमुख खगेन्द्र राई र आयोजना समितिको तर्फबाट अध्यक्ष शम्भु पौडेलले अवगत गराउनु भएको थियो।
खोटाङको प्रसिद्ध धार्मिक तिर्थस्थल हलेसी पुगेर फर्कने क्रममा आजै मुख्य मन्त्री राईले चौदण्डीगढी नगरपालिका वडा नं. ६ स्थित समावेसी खेल मैदानको अवलोकन समेत गर्नु भएको थियो सोही क्रममा राष्ट्रिय ह्याण्डबल प्रतियोगिता आयोजना तथा खेल मैदानका बारेमा मुख्य मन्त्री राईलाई जानकारी गराईएको थियो।
नगरको समावेसी खेल मैदान अवलोकन पश्चात् छोटो मन्तव्य राख्दै मुख्य मन्त्री राईले उक्त खेलमैदान बनाउन प्रदेश सरकारले सहयोग गर्ने तथा राष्ट्रिय ह्याण्डबल प्रतियोगितालाई समेत केही सहयोग गर्ने आश्वासन दिनु भएको थियो।
अनौपचारिक रुपमा चौदण्डीगढी नगरपालिका आइपुग्नु भएका प्रदेश १ का मुख्य मन्त्री राईलाई स्वागत गर्न स्थानीय नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता, नेकपा एमालेका नेता कार्यकर्ता, माओवादी केन्द्रका नेता कार्यकर्ता समावेसी खेल मैदान पुग्नुभएको थियो।

 

तपाईको प्रतिक्रिया