उदयपुर, चौदण्डीगढी नगरपालिका १० को ईक्राहा स्थित मदन भन्डारी लोकमार्गमा सडक दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्‍यु भएको छ।
चौदण्डीगढी नगरपालिका १० खैराहाझोडा बाट गाईघाट तर्फ जादै गरेको स्थानीय त्रियुगा पब्लिक बोर्डिङ्ग स्कुलको को १ ख २७४८ नम्बरको बसले ठक्कर दिदा ६२ बर्षिया पुरुषको मृत्‍यु भएको प्रहरीले जनाएको छ।
आज आईतवार बिहान अन्दाजी १०:१५ बजेको समयमा उक्त घटना भएको हो भने उक्त घटनामा परी सोही ठाउँ ईक्राहा बस्ने जगनारायण श्रेष्ठको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भिम दाहालले जानकारी दिनु भएको छ।
सडक दुर्घाटना भएको खबर सुन्नासाथ ईलाका प्रहरी कार्यालय बेल्टार बाट प्रहरी निरिक्षक छे फिन्जो भोटेको कमाण्डमा खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दै उक्त बस तथा बसका चालक चौदण्डीगढी नगरपालिका १० खैराहा बस्ने बर्ष ३८ को रत्न बहादुर कार्की समेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ।
घटनास्थल ईलाका प्रहरी कार्यालय बेल्टार बाट अन्दाजी १७ किलोमिटर पश्चिम रहेको छ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया