अन्जनी कुमार अधिकारी
उदयपुर, चौदण्डीगढी नगरपालिकाको वडा नं. ४ र २ जोड्ने लामाखोलामा अस्थायी ट्रसव्रिज निर्माण हुने भएको छ।
नगरपालिकाको ४ नं. वडा र २ नं. वडा जोड्ने झोडापाटा र बसाहाको बिच जिराइटोल स्थित लामाखोलामा अस्थायी ट्रसव्रिज निर्माण हुने भए पछी आज एक कार्यक्रमका बिच नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा उदयपुर जिल्ला क्षेत्र नं. १ का संघीय सांसद डा. नारायण खड्काले शिलान्यास गरेका हुन।
चौदण्डीगढी नगरपालिकाको १० लाख तथा स्थानीय पुर्वाधार साझेदारी कार्यक्रम अन्तर्गतको १८ लाख गरि जम्मा कुल रकम २८ लाखमा उक्त पुल निर्माण हुन लागेको निर्माण समितीले जानकारी दिएको छ।
आज शिलान्यास भएको उक्त ट्रसव्रिजको लम्बाइ २५.५ मिटर र चौडाइ ८ फिटको हुने छ भने ट्रसव्रिजको माथी फलामका पाइपराखेर निर्माण गरिने छ।
उक्त पुलमा पाँच ओटा पिलर राखेर निर्माण गरिने स्टमेट तयार भएको भए पनि पुल शिलान्यास गर्न आएका संघीय सांसद डा. नारायण खड्काले यस ठाउँमा पक्की पुलकै आवस्यकता रहेको हुदा पछी पक्कीपुल बनाउन मिल्ने गरि ३ ओटा पिलर राखेर हाल स्थायी ट्रसव्रिज निर्माण गर्न व्रिज निर्माण समिती तथा नगरपालिकालाई आग्रह गर्नु भएकोले पुल निर्माणको स्टमेट परिवर्तन हुन सक्ने निर्माण समितीका अध्यक्ष मौसम राईले जानकारी दिनु भएको छ।
आज सम्पन्न उक्त पुल शिलान्यास कार्यक्रम निर्माण समितीका अध्यक्ष मौसम राईको सभापतित्व तथा संघीय सांसद डा. नारायण खड्काको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख राई, नेपाली काङ्ग्रेस उदयपुरका उपसभापति प्रदिप केसी विशेष अतिथि हुनु हुनुहुन्थ्यो भने वडा नं ४ का वडा अध्यक्ष तथा वडा नं. २ का वडा अध्यक्ष कार्यक्रममा अनुपस्थित हुनुहुन्थ्यो।
ट्रसव्रिजको शिलान्यास कार्यक्रममा स्थानीय जनताको बाक्लो उपस्थिती रहेको थियो भने कार्यक्रममा स्थानिय महिला नेत्री मनु कार्कीले स्वागत मन्तव्य राख्नु भएको थियो भने स्थानीय युवा नेता दिपेन राईले कार्यक्रम संचालन गर्नु भएको थियो।
नगरपालिकाको ४ नं. वडा र २ नं. वडा जोड्ने झोडापाटा र बसाहाको बिच जिराइटोल स्थित लामाखोलामा अस्थायी ट्रसव्रिज निर्माण हुने भए पछी स्थानीयहरु निकै हर्षित देखिन्थे। बर्षामा निकै भयावह रुप लिने लामा खोलाले हरेक बर्ष स्थानीयलाई निकै दुख दिने गरेको छ।
उता सोही लामाखोलाको मदन भण्डारी लोकमार्ग पर्ने सडक खण्डमा भने सरकारी गौरवको योजना अन्तर्गत हाल पक्की पुल निर्माणको कार्य धमाधम भैरहेको छ।

कृपया यो पेज Like गर्नु होला

 

 

तपाईको प्रतिक्रिया