अन्जनी कुमार अधिकारी
उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थित सुन्दरपुर ब्याडमिन्टन क्लब द्वारा संचालित पाचौं नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ।
सुन्दरपुर ब्याडमिन्टन क्लबका अध्यक्षको सभापतित्वमा भएको समापन कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राई प्रमुख अतिथि हुनुहुन्थ्यो भने वडा नं ५ का वडा अध्यक्ष देवनारायण चौधरी बिशिस्ट अतिथि हुनुहुन्थ्यो।
उक्त समापन कार्यक्रममा नेपालका ब्याडमिन्टन राष्ट्रिय खेलाडी सन्तोष कट्वाललाई सम्मन समेत गरिएको थियो।
ब्याडमिन्टन राष्ट्रिय खेलाडी सन्तोष कट्वाल सुन्दरपुर ब्याडमिन्टन क्लबका प्रशिक्षक समेत हुन भने उनले हाल सम्म चौदण्डीगढी नगरपालिका भित्र २०० जना भन्दा माथी खेलाडी उत्पादन गरिसकेका छन।
आज सम्पन्न सुन्दरपुर ब्याडमिन्टन क्लब द्वारा संचालित पाचौं नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिताको भेट्रान्स डवल तर्फ सहदेव राई र बबिब्न्द्र राईको जोडी तथा जनक खड्का र सन्जिव कट्वालको जोडी तृतीय भएको थियो भने देवराज राई र बालकृष्ण कार्कीको जोडी द्वितीय हुदा, लक्ष्मी चौधरी र लिलाकान्त चौधरीको जोडी प्रथम भएको थियो।
मेन्स डवल तर्फ संदेश तामाङ र बिबेक मण्डलको जोडी तथा जयराम राई र रोहन मोतेको जोडी तृतीय भएको थियो भने खगेन्द्र कार्की र सुजन खड्का द्वितीय हुदा सुनिल चौधरी र विनय चौधरीको जोडी प्रथम भएको थियो।
मेन्स सिङल तर्फ जयराम राई र कोनिस मगर तृतीय भएका थिए भने बिनय चौधरी द्वितीय तथा सुनिल चौधरी प्रथम भएका थिए।
भेट्रान्स तर्फका प्रथम द्वितीय र तृतीयलाई क्रमस १० हजार, ७ हजार र ४ हजार अगद सहित मेडल तथा प्रमाण पत्र ले सम्मान गरिएको थियो भने मेन्स डवल तर्फ प्रथम द्वितीय र तृतीयलाई क्रमस १५ हजार, १० हजार र ६ हजार नगद सहित मेडल तथा प्रमाण पत्र ले सम्मान गरिएको थियो।
उता मेन्स सिङगल तर्फ प्रथम द्वितीय र तृतीयलाई क्रमस १५ हजार, १० हजार र ६ हजार नगद सहित मेडल तथा प्रमाण पत्र ले सम्मान गरिएको थियो।
तीन दिन सम्म संचालित यस प्रतियोगीताको उद्घाटन खेल चौदण्डीगढी नगरपालिका ६ बेल्टार स्थित समावेशी खेल मैदानको कवर्ड हलमा भएको थियो भने प्रतियोगिताका सबै खेल सोही हलमा भएका थिए यद्यपि मेन्स सिङगल तर्फको फाइनल खेल तथा प्रतियोगिताको समापन समारोह भने चौदण्डीगढी नगरपालिका -५ को सुन्दरपुरमा खेलाइएको थियो।
सुन्दरपुरमा ब्याडमिन्टन कवर्डहल भने छैन त्यहाँ केवल ब्याडमिन्टन कोर्ट मात्र रहेको छ, उक्त ब्याडमिन्टन कोर्ट भएको ठाउँमा हल बनाउने भनेर प्रदेश सांसद बिमल कार्की, नगर प्रमुख खगेन्द्र राईले संयुक्तरुपमा शिलान्यास गरेको भए पनि कोभिडको कारण हाल सम्म उक्त ठाउँमा ब्याडमिन्टन कवर्डहल निर्माणको लागि कुनै पनि बजेट बिनियोजन भएको छैन।
सुन्दरपुर ब्याडमिन्टन क्लब द्वारा संचालित पाचौं नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिताको सबै समुह मिलाएर कुल २ सय टोलीले सहभागीता जनाएको आयोजक कमिटीका संयोजक खेमराज धमलाले जानकारी दिएका छन।
यस प्रतियोगिताको लागि चौदण्डीगढी नगरपालिकाले १ लाख ५० हजार रुपैयाँ बिनियोजन गरेको समेत आयोजकले जानकारी दिएको छ।

कृपया यो पेज Like गर्नु होला

 

तपाईको प्रतिक्रिया