कृपया यो पेज Like गर्नु होला

उदयपुर, चौदण्डीगढी नगरपालिकाको बेल्टार स्थित ईलाका प्रहरी कार्यालयले ६ जनालाई ब्राउनसुगर सहित पक्राउ गरेको छ। चौदण्डीगढी नगरपालिका ४ स्थित फत्तेपुर रामपुर सडक खण्डमा ईलाका प्रहरी कार्यालय बेल्टार बाट प्रहरी निरिक्षक छे फिन्जो भोटेको कमाण्डमा खटिएको प्रहरी टोलिले चेकिङका क्रममा उनिहरुलाई लागुऔषध ब्राउनसुगर र कोरेक्स सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेहरुमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका १३ बस्ने खगेन्द्र राइ, दिपक रम्तेल र हरी खड्का चौदण्डीगढी नगरपालिका वडा नं ५ बस्ने सुनिल राइ र सप्तरी जिल्ला कंकालिनी नगरपालिका ७ बस्ने ऋषी कुमार क्षेत्री र कंकालिनी नगरपालिका ५ का बब्लु मुखिया रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।
उनिहरु को साथ बाट ३.३८ ग्राम ब्राउनसुगर, सात बोतल कोरेक्स र पचास ग्राम गाँजा बारामद गरिएको छ भने पक्राउ परेका उनिहरुलाई ईप्रका बेल्टार ल्याई थप अनुसन्धान शुरु गरिएको जनाइएको छ।

 

तपाईको प्रतिक्रिया