अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला


उदयपुर, उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा लाइन्स क्लव अफ उदयपुर चौदण्डीगढीको आज एक कार्यक्रमाका बिच बिधिवत स्थापना गरिएको छ।
क्लवकी District Governor लाइन्स डा. शुशिला मल्लको सहित क्लवका Multiple J.L.T. Coordinator P.D.G. लाइन्स शम्भु प्रसाद घिमिरे, First V.D.G. लाइन्स केशव पाण्डे, Second V.D.G. लाइन्स दिनेश प्रसाद श्रेष्ठ, Past District Governor लाइन्स कृष्ण हवाल, P.D.G. लाइन्स मधुकर कुमार उपाध्याय, Cabinet Secretory लाइन्स उत्तम प्रसाद झा, District Chief Advertiser लाइन्स शिव कुमार कट्वाल, लाइन्स मनोज साप्कोटा, लाइन्स शम्भु बा थापा, लाइन्स मोहन पौडेल, लाइन्स भरत प्रशाई, चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख तथा लाइन्स खगेन्द्र राइ, नगर उपप्रमुख लाइन्स रिताकुमारी चौधरी लगायतको उपस्थितीमा लाइन्स क्लव अफ उदयपुर चौदण्डीगढीको स्थापना गरिएको हो। स्थापना भएको लाइन्स क्लव अफ उदयपुर चौदण्डीगढी 325A2, MD 325, नेपाल रहेको समेत बताइएको छ।


चौदण्डीगढी नगरपालिकाको बेल्टार स्थित उधोग बाणिज्य संघको सभा हलमा भएको क्लव स्थापना कार्यक्रम दिप प्रज्वलन संगै लाइन्स क्लव अफ उदयपुर चौदण्डीगढीका अध्यक्ष लाइन्स पवन कार्कीले बेल (घण्टी) बजाएर शुभारम्भ गर्नु भएको थियो भने चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख लाइन्स खगेन्द्र राइले स्वागत मन्तब्य राख्नु भएको थियो।
लाइन्स क्लवको स्थापना सन १९१७ मा अमेरिकाको सिकागो शहरमा भएको थियो भने सन १९७१ मा पहिलो पटक नेपालमा स्थापना गरिएको विश्वाकै ठुलो क्लव मध्यको एक क्लव हो। यस क्लवमा हाल सम्म नेपालमा ४३ हजार सदस्य रहेका छन भने विश्वामा १४ लाख भन्दा माथी सदस्य रहेको र यो क्लव विश्वाका २१० देशमा फैलिएको समेत क्लवकी District Governor लाइन्स डा. शुशिला मल्लले जानकारी दिनु भएको थियो।
लाइन्स क्लव अफ उदयपुर चौदण्डीगढीको बिधिवत स्थापना भए संगै क्लवका ४० जना सदस्यले क्लवकी District Governor लाइन्स डा. शुशिला मल्ल बाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको थियो भने क्लवका अध्यक्ष पवन कार्की, उपाध्यक्ष कौशिला राइ, सचिव महेन्द्र प्रधान र कोषाध्यक्ष निर्मला राइले पदभार ग्रहण समेत गर्नु भएको थियो।
लाइन्स क्लवले आफु सिंह भएर अरूको सेवा गर्न समर्पित हुने भन्दै जस्तो सुकै अवस्थामा पनि लाइन्स क्लव एउटा पिलर भए उभिने District Governor लाइन्स डा. शुशिला मल्लले बताउनु भएको छ।

 

 

तपाईको प्रतिक्रिया