अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला

उदयपुर, जिल्लाको चौदण्डीगढी नगरपालिकामा स्थापना भएको “उदयपुर मिडिय हव” ले जीवन यात्रा लघु चलचित्र निर्माण गरेर प्रदर्शन गर्न थालिएको छ।
गत चैत्र ५ गते उदयपुर मिडिया हवले लघु चलचित्र “जीवन यात्रा” को प्रिमियर शो गरेको थियो। उक्त शोमा नगरपालिकाका प्रमुख खगेन्द्र राई देखि वरिष्ठ संगितकार बुलु मुकारुङ, चर्चित गायक भीषण मुकारुङ लगायतको उपस्थिती रहेको थियो।
बेल्टारको चौदण्डी दरवार पार्टी प्यालेसको हलमा प्रिमियर शो मार्फत प्रदर्शन गरिएको उक्त लघु चलचित्रमा कलाकारहरु मनोज थापा”बिकास”, अप्सरा वान्तावा राई, दिपेन वान्तावा, दिनेश राई कान्छा, गणेश कटुवाल परदेशी, कौशिला खिम्बुले राई, पवित्रा खनाल (घिमिरे),सोम मगराती र एलिना राईको अभिनय रहेको छ।
लघु चलचित्र “जीवन यात्रा” मा गाउँघरमा बेरोजगार भए पस्चात धन कमाउन विदेशी भूमिमा जाँदा सम्म जीवनमा कुनै परिवर्तन आउन नसके पछी
आफ्नै मातृभूमी फर्केर बिदेशमा जस्तो पसिना बगाउदा पारिवारिक सुख र आर्थिकरुपमा समेत समृद्ध हुन सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ।
यो लघु चलचित्र “जीवन यात्रा” अब केही महिना नगरको बिभिन्न ठाँउमा समेत प्रदर्शन गरिने उदयपुर मिडिया हवका सदस्य समेत रहेका अन्जान किरातीले जानकारी दिनु भएको छ।
उता यस लघु चलचित्र “जीवन यात्रा” यही चैत्र १० गते पुन: बेल्टारको चौदण्डी पार्टी प्यालेसको हलमा बेलुका ५ बजे प्रदर्शन गर्न लागिएको लघु चलचित्र “जीवन यात्राा” का निर्देशक समेत रहेका उदयपुर मिडिया हवका सदस्य प्रेम जंग किरातीले जानकारी दिनु भएको छ।

उदयपुर मिडिया हव जिल्लाको चौदण्डीगढी नगरपालिकामा हालै मात्र स्थापना भएको मिडिया हवहो जसले स्थापना देखीनै मिडिया क्षेत्रमा राम्रो कार्य गर्दै आएको छ। निकै राम्रो लघु चलचित्र निर्माण गरेको यस मिडिया हवले यही तुलानामा कार्य गर्दै जानेहो भने आउँदा दिनमा राष्ट्रको एउटा उच्च मिडिया हवहुने पक्का रहेको लघु चलचित्र हेरेर हल बाहिर आएका दर्शकले प्रतिकृया दिदै यो चलचित्र एक पटक अनिवार्य हेर्न समेत आम दर्शकलाई आव्हान गरेका छन।

 

 

 

तपाईको प्रतिक्रिया