उदयपुर, त्रियुगा उधोग बाणिज्य संघ गाइघाटले आफ्न मातहतका सबै उधोगी तथा ब्यबसायीलाई आफ्ना ब्यवसायका नापतौलका प्रमाण पत्र नविकरण गर्न आव्हान गरेको छ।
त्रियुगा उधोग बाणिज्य संघ गाइघाटका सचिब दिनेश कुमार श्रेष्ठले एक सुचना जारी गर्दै सम्पूर्ण ब्यापारीलाई यही चैत ७ गते क्षेत्रीय नापतौल कार्यालय बिराटनगर बाट नापतौलका ढक तराजु नविकारणको लागी टोली आउने भएको हुँदा आफ्ना नापतौलका प्रमाण पत्र नविकरण गर्न सम्पूर्ण सरोकारवाला समक्ष आव्हान गरेका छन।
यही चैत ७ त्रियुगा उधोग बाणिज्य संघ गाइघाटमा बिहान ७:३० बजे उपस्थित भएर आफ्ना नापतौलका प्रमाण पत्र नविकरण गर्न अनुरोध गरिएको संघका अध्यक्ष गजेन्द्र भगतले जानकारी दिनु भएको छ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया