कृपया यो पेज Like गर्नु होला

उदयपुर, जिल्ला समन्वय समिती उदयपुरको आयोजनामा उदयपुरका स्थानीय तह बिकास निर्माणमा संलग्न कार्यालय र बिकास साझेदारी संस्थाहरुको आर्थिक बर्ष ०७६-०७७ को वार्षिक तथा आर्थिक बर्ष ०७७-०७८ को अर्धबार्षिक समिक्षा कार्यक्रम आज बाट जिल्लाको गाइघाटमा संचालन भएको छ। दुई दिन सम्म संचालन हुने उक्त कार्यकमको अध्यक्षता जिल्ला समन्वय समिती उदयपुरका अध्यक्ष खड्ग परीयारले गर्नु भएको छ भने कार्यक्रमामा प्रदेश सभा सदस्यहरु बिषिष्ठ अतिथी हुनु हुन्छ।
जिल्ला समन्वय समिती उदयपुरको आयोजनामा उदयपुरका स्थानीय तह बिकास निर्माणमा संलग्न कार्यालय र बिकास साझेदारी संस्थाहरुको आर्थिक बर्ष ०७६-०७७ को वार्षिक तथा आर्थिक बर्ष ०७७-०७८ को अर्धबार्षिक समिक्षा कार्यक्रममा जिल्लाका सबै पालिकाका प्रमुख, उपप्रमुख तथा गाउपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, प्रशासकिय अधिकृत, बिषयगत शाखाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु एवम संघसंस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको छ।
यस कार्यक्रममा सबै स्थानिय पालिका तथा बिषयगत कार्यालय साथै संस्थाको प्रस्तुती रहने जिल्ला समन्वय समिती उदयपुरले जानकारी दिएको छ।

 

 

तपाईको प्रतिक्रिया