अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला

उदयपुर, चौदण्डीगढी नगरपालिकाको रामप्रसाद राई रंगशालामा जारी तेश्रो बेल्टार मिनी गोल्डकपको दोश्रो क्वाटर फाइनलमा आज तालतलैया स्पोर्टस क्लव सुनसरी बिजयी भएको छ। निर्धारित समयमा दुबै टोलीले १- १ को बराबरी खेले पछी खेल सिधै ट्राइबेकरमा गएको थियो। निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमै दुवै गोल भएको थियो। त्यस पस्चात निर्धारित समय सम्म कुनै पनि टोलीले गोल गर्न नसक्दा खेल ट्राइबेकरमा पुगेको थियो। ट्राइबेकरमा तालतलैया स्पोर्टस क्लव सुनसरीका सबै खेलाडीको प्रहारले जाली चुमेका थिए भने त्रियुगा स्पोर्टस क्लव फत्तेपुरका दुई खेलाडीको प्रहारलाई तालतलैया स्पोर्टस क्लवका गोलरक्षक पूर्ण चेम्जोङ्गले उत्कृष्ट बचाउ गरेका थिए यस सगै तालतलैया स्पोर्टस क्लव सुनसरी ४ – २ गोल अन्तरले ट्राइबेकरमा त्रियुगा स्पोर्टस क्लव फत्तेपुरलाई हराउदै सेमी फाइनलमा प्रवेस गरेको छ। आज सम्पन्न खेलमा उत्कृष्ट खेलाडी घोषित तालतलैया स्पोर्टस क्लवका गोलरक्षक पूर्ण चेम्जोङ्गले नगद दुई हजार प्राप्त गरेका थिए।

भोली हुने अर्को क्वाटर फाइनल खेल बसाहा ११ र इन्द्रेणी क्लव सुनसरी बिच दिउसो ठीक ३ बजे रामप्रसाद राइ संगशालामै हुने आयोजकका सदस्य अन्जन किराती ले जानकारी दिनु भएको छ।

तपाईको प्रतिक्रिया