अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला

उदयपुर, चौदण्डीगढी नगरपालिकाको बेल्टार स्थित रामप्रसाद राई रंगशालामा आज बाट “तेश्रो बेल्टार मिनी गोल्डकप २०७७ नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
बेल्टार युनाइटेड युथ क्लबको आयोजना तथा चौदण्डीगढी नगरपालिकाको बिशेश सहयोगमा आयोजित उक्त प्रतियोगिताको उद्घाटन आज पानसमा बत्ती बालेर नगर प्रमुख खगेन्द्र राईले गर्नु भएको थियो।
चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ७ बेल्टार स्थित रामप्रसाद राई रंगशालामा आज भएको उद्घाटन खेलमा त्रियुगा फ्यूजन फुटबल क्लव बोक्सेले आयोजक बेल्टार युनाईटेड युथ क्लवलाई ४ गोलका बिरुद्ध १ गोलले पराजित गरेको थियो।
उद्घाटन खेलमा बिजयी टिम फ्युजन क्लव जर्सी नम्बर १० का समिर राउत म्यान अफ द म्याच घोषित भए । उनले टिमलाई जित दिलाउन २ गोल प्रहार गरेका थिए । यता पराजित टिम युनाईटेड युथ क्लवको तर्फबाट आशन राईले फ्रिकिकको सदुपयो गर्दै एक मात्र शान्तोना गोल प्रहार गरेका थिए।
प्रतियोगितामा घरेलु जिल्ला उदयपुरको ४ र खोटाङ, सुनसरी, सप्तरी बाट ४ गरी ८ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ भने प्रतियोगिता यहि फागुन २२ गते सम्पन्न हुने छ।

तपाईको प्रतिक्रिया