अन्जनी कुमार अधिकारी
उदयपुर, आस्थायी ट्राफिक प्रहरी पोस्ट बेल्टारले सवारी चालकहरु संग सम्मानको लागी नमस्कार अभियानको शुरूवात गरेको छ। प्रदेश १ ट्राफिक प्रहरी कार्यालयको निर्देशन अनुसार उक्त अभियान शुरु गरेको आस्थायी ट्राफिक प्रहरी पोस्ट बेल्टारले जानकारी दिएको छ।

कृपया यो पेज Like गर्नु होला

आज चौदण्डीगढी नगरपालिकाको बेल्टार स्थित मदन भन्डारी लोकमार्गमा ट्राफिक प्रहरीले सवारी चालकहरु संग सम्मानको लागी नमस्कार अभियानको शुरूवात गर्दै सवारी नियम उल्लंघन गर्ने चालकलाई कारवाही गर्नुभन्दा पहिले नमस्कार गरी प्रदेश १ लाई हर्न निषेधित प्रदेश र दुर्घटना रहित प्रदेश बनाउने अभियान र ट्राफिक नियम उल्लङ्घन गर्दा हुने क्षेतीको बारे जानकारी गराएका थिए।
अभियान कार्यन्यवन गर्न ईलाका प्रहरी कार्यालय बेल्टारको सहयोगमा आस्थायी ट्राफिक प्रहरी पोस्ट बेल्टार बाट खटिएको ट्राफिक प्रहरीले आवश्यकता अनुसार मात्र सवारी नियम उल्लंघन गर्ने चालकलाई कानुनी कारवाही गर्दछन् नत्र सम्झाइ बुझाइ गर्दछन् र ट्राफिक नियम पालनामा सर्तक रही प्रवृत्तिको विकास गर्न सुझाउँदछन् भन्ने संदेश समेत दिईएको थियो।
ट्राफिक कार्यालय र ट्राफिक प्रहरीहरूको सम्पर्कमा आउने सबै नागरिकहरूलाई नमस्कार शब्द प्रयोग गरी दुवै हात जोडेर एकआपसमा आत्मीयता र सम्मान समेत प्रकट होस् भनेर नमस्कार शुरूवात गरेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
आस्थायी ट्राफिक प्रहरी पोस्ट बेल्टारका इन्चार्ज उमेश चौधरीका अनुसार नेपालीको परम्परा समेत नमस्कार भएको भन्दै यो कुनै नयाँ कुरो नभएको तर यसलाई पुनर्जागरण गर्न वा ट्राफिक प्रहरी र आम पब्लिक बिच एकआपसमा श्रद्धासमेत बढ्ने भएको ले यो अभियान सन्चालन गरिएको बताएका छन।

उता आज बाट पुर्ण रूपमा १ नं प्रदेशलाई हर्न निषेधित प्रदेश बनाउने अभियान समेत शुरु गरिएको भन्दै यस्लाइ पुर्ण रूपमा पालना गर्नको लागि सबै सरोकार पक्ष संग आस्थायी ट्राफिक प्रहरी पोस्ट बेल्टारले जोड्दार माग गरेको।

 

तपाईको प्रतिक्रिया