अन्जनी कुमार अधिकारी
उदयपुर, चौदण्डीगढी नगरपालिकामा आज पुर्व प्रहरीहरुको संगठन नेपाल पूर्व प्रहरी संगठन चौदण्डीगढी नगर कार्यसमीतीले लागुऔषध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राइको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष, नार्कोननका कार्यकारी निर्देशक तथा नेपाल संयोजक, पूर्व प्रहरी वरिष्ठ उपरिक्षक बसन्त राज कुवंरको बिषिष्ठ अतिथीको रूपमा रहनु भएको थियो भने अतिथीहरुमा नगर उपप्रमुख रिताकुमारी चौधरी, वडाअध्यक्ष तथा पूर्व प्रहरी संगठनका सदस्यहरु, इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरिक्षक छेफिन्जो भोटे हुनुहुन्थ्यो भने कार्यक्रमको सभापतित्व नेपाल पुर्व प्रहरी संगठन चौदण्डीगढी नगर कार्यसमीतीका अध्यक्ष कृष्ण कुमार पराजुलीले गर्नु भएको थियो।
नगरपालिकाका जनप्रतिनिधी, कार्यपालिका सदस्यहरु, सामुदायीक तथा संस्थागत बिधालयका प्र .अ. एवम स्थानीय संघ संस्थाका प्रतिनिधीहरुको भेला आयोजना गरेर उक्त सचेतना कार्यक्रम आज चौदण्डीगढी नगरपालिकाको सिटीहलमा सम्पन्न भएको हो।
कार्यक्रमलाई नेपाल पुर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष, नार्कोननका कार्यकारी निर्देशक तथा नेपाल संयोजक, पूर्व प्रहरी वरिष्ठ उपरिक्षक बसन्त राज कुवंर र नगर प्रमुख खगेन्द्र राइले सम्बोधन गर्नु भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रहरी संगठनका नेपालका केन्द्रिय अध्यक्ष बसन्त कुवंरले लागुऔषध दुर्व्यसन रोक्न तत्काल नगरपालिकाले पाँच ओटा समिती गठन गर्नु पर्नेमा जोड दिनु भएको थियो भने लागुऔषध दुर्व्यसनले पुर्याउने असर र त्यसलाई रोक्ने उपाय बारे समेत प्रष्ट पार्नु भएको थियो।
उता कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खगेन्द्र राइले तत्काल उक्त समिती गठन गर्ने र हाल प्रयोग बिहीन रहेको उदयपुर कोभिड १९ अस्पातललाई लागुऔषध दुर्व्यसन रोक्न आवश्यक पर्ने कार्यालयको लागी प्रयोजनमा ल्याइने जानकारी दिनुभएको छ।
लागुऔषध दुर्व्यसन रोक्न गठन गर्नु पर्ने समितीमा आज सम्म लागुऔषध प्रयोग नगरेकालाई रोक्ने समिती, हाल लागुऔषध प्रयोग गर्नेहरुलाई चिन्ने समिती, चिनेकालाई उपक्षर गर्ने समिती, उपचार बाट फर्केकालाई रेखेदेख गर्ने समिती र बेचबिखन गर्नेको खवर्दारी गर्ने समिती रहेको आयोजकले जानकरी दिएका छन।
यस अघी जिल्ला प्रहरी कार्यालय उदयपुरले संचालन गरेको अबैध लागुऔषध नयिन्त्रण गर्ने अभयिान अन्तर्गत हाल सम्म उदयपुर प्रहरीले आर्थिक बर्ष २०७६-७७ मा १२१ जना र चालु आव २०७७-७८ मा ६९ जनालाई पक्राउ गरि लागुऔषध ओसार कारोवारमा मुद्दा चलाएको जनाएको थियो यसलाईनै आधार मान्ने हो भने पनि उदयपुरमा लागुऔषधको बेचबिखन तथा प्रयोग गर्नेहरु निकै रहेको अनुमान गर्न सकिन्छ यस तर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी देखिन्छ।
हामी संगको छोटो कुराकानीमा नेपाल पुर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष बसन्त कुवंरले तत्काल नेपाल पुर्व प्रहरी संगठन चौदण्डीगढी नगर कार्यसमिती बाट ३ जनलाई काठमाण्डौ लगेर लागुऔषध नयिन्त्रण गर्ने तालिम दिईने समेत जानकारी दिनु भएको छ।

कृपया यो पेज Like गर्नु होला

 

 

तपाईको प्रतिक्रिया