अन्जनी कुमार अधिकारी
उदयपुर, चौदण्डिगढी नगरपालिकाको आयोजनामा आज निर्वाचित जनप्रतिनिधी, कर्मचारी तथा मेलमिलापकर्ताहरुको लागी स्थानीय सरकार सन्चालन ऐन तथा मेलमिलाप प्रकृया सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
सुन्दर, समृद्ध नगर बनाउने अभियान, हरेक नगरवासीको मुहारमा मुस्कान भन्ने नारासहित चौदण्डिगढी नगरपालिकाले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर उक्त अनुशिक्षण कार्यक्रम आयोजना गरेको नगर प्रमुख खगेन्द्र राइले जानकारी दिनु भएको छ।
चौदण्डिगढी नगरपालिका न्यायिक समितीकी प्रमुख एवम नगरउपप्रमुख रिताकुमारी चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा उदयपुर जिल्ला अदालतका न्यायधिश माननीय दिपक खनाल प्रमुख अतिथी हुनुहुन्थ्यो भने बिशेष अतिथीमा माननीय जिल्ला न्यायधिश उत्तम सिलवाल, बिषिष्ठ अतिथीमा नगरप्रमुख खगेन्द्र राइ र अतिथीमा चौनपा प्रमुख प्रशासकिय अधिकृत धुर्वराज आचार्य हुनुहुन्थ्यो।
सय भन्दा धेरै सहभागी रहेको उक्त कार्यक्रममा वडा अध्यक्ष, कर्मचारीहरु, वडा सदस्यहरु, नगरकार्य समितीका सदस्यहरु सहित मेलमिलाप कर्ताहरुको उपस्थिती रहेको थियो।
निकै भब्य रहेको उक्त कार्यक्रम स्थानिय सरकार सन्चालन ऐन २०७४ मा भएको ब्यबस्था र मेलमिलाप प्रकृया सम्बन्धी जिल्ला न्यायधिशहरु बाट प्रशिक्षण दिईएको थियो भने कार्यक्रममा उपस्थित रहेकाहरुले सोधेका न्यायिक प्रश्नहरुको माननीय न्यायधिश दिपक खनालले उत्तर दिदै न्यायिक समितीको गठन, उद्धेश्य र क्षेत्राधिकार बारे समेत जानकारी गराउनु भएको थियो।

कृपया यो पेज Like गर्नु होला

 

तपाईको प्रतिक्रिया