अन्जनी कुमार अधिकारी
उदयपुर,  उदयपुर जिल्ला अनेरास्ववियु  कार्यसमितिले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोध गरेको छ उनिहरुले मूल्य वृद्धिको बिरोध संगै सरकार समक्ष निर्मला पन्त र भागिरथी भट्टको बलात्कार पछि हत्या भएको घटनाको न्याय समेत माग गरेका छन।
आज जिल्लाको सदरमुकाम गाइघाटमा बिरोध र्‍याली निकालेर अनेरास्वबियुले सरकारको उक्त कदमको बिरोध गरेको हो।
गत हप्ता माघ २८ गते बुधबार मात्रै खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले फागुन ४ गते मंगलबार पुनः मूल्य बृद्धि गरेको हो।
निगमले एक महिनाको अवधिमा यो तेस्रो पटक मूल्य वृद्धि गरेको हो। माघ ६ गते निगमले तेलको मूल्य बढाएको थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको जिकिर गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
उपभोक्ताले पेट्रोल लिटरको १ सय १४ रुपैयाँ र डिजल तथा मट्टितेल ९७ रुपैयाँ तिर्नुपर्ने भएको छ।
उता २०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारलाई हाल सम्म पनि सरकारले पक्राउ गर्न नसक्नु र गत माघ २१ गते बलात्कारपछि विभत्स हत्या गरिएकी वैतडीकी १७ वर्षिया बालिका भागीरथी भटका हत्यारालाई यथास्क्य छिटो कानुनी दायरामा ल्याएर कारबाही गर्न समेत उदयपुर जिल्ला अनेरास्ववियु बिरोध र्‍याली मार्फत जोड्दार माग गरेको छ।

कृपया यो पेज Like गर्नु होला

 

तपाईको प्रतिक्रिया