कृपया यो पेज Like गर्नु होला

उदयपुर, बेलका नगरपालिकाका एकजना जबरजस्ती करणी उद्योग फरार प्रतिबादी प्रकाउ परेका छन। पक्राउ पर्नेमा बेलका नगरपालिका ५ लालबजार बस्ने बर्ष २६ का सितल भन्ने रबिन बि।क। रहेको प्रहरीले जनाएको छ।

उनलाई हिजो फाल्गुन ५ गते अन्दाजी साझ ४ बजेको समयमा सुनसरी जिल्लाको चतरा बाट लुकिछिपि बसिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुनसरी चतरा सँग आवश्यक समन्वय गरी ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुर बाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।
जबरजस्ती करणी उद्योगको मुद्दामा सम्मानित लिल्ला अदालत उदयपुरको गत २०७२ साल जेष्ठ ३ गतेको फैसला अनुसार २ बर्ष ११ महिना १४ दिन कैद सजाय तोकिएको भए पनि निज प्रतिवादि हाल सम्म फरार रहेकोमा फरार प्रतिवादि पक्राउ अभियान अन्तर्गत खोज तलास गर्ने क्रममा सुनसरी जिल्ला बाट पक्राउ गरी सम्मानित उदयपुर जिल्ला अदालतमा फैसला कार्यन्वयनको लागि बुझाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारीले जानकारी दिनु भएको छ।

तपाईको प्रतिक्रिया