अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला


उदयपुर, चौदण्डिगढी नगरपालिका वडा नं ६ को मुटु बेल्टार बजारमा अवस्थित ज्योति माध्यमिक बिधालयमा सरस्वतीको मन्दिर बन्ने भएको छ।
स्थानिय वडा नं ७ निवासी केशव अधिकारीले मन्दिर निर्माण गरिदिने भए पछी ज्योति माध्यमिक बिधालयमा सरस्वतीको मन्दिर बन्ने पक्का भए संगै आज सरस्वती पूजाको अवसर पारेर चौदण्डिगढी नगरपालिकाका प्रमुख खगेन्द्र राइ र उपप्रमुख रिता चौधरीले संयुक्तरुपमा मन्दिरको शिल्यानास गर्नु भएको छ।
बिधालयले दिएको मन्दिरको डिजायन र सर्त अनुसार करीव १५ लाख मुल्य बराबरको लागतमा उक्त मन्दिर निर्माण हुन लागेको बिधालयका प्र अ राजकुमार ओझाले जानकारी दिनु भएको छ।
समाजसेवी केशव अधिकारीले यस अघी पनि चौनपा ७ को सगरमाथा आधारभुत बिधालयमा सरस्वतीको मन्दिर निर्माण गर्नु भएको थियो यद्धपी उक्त मन्दिर उद्घाटनमा चरम बिबाद हुँदा बिधालयले उक्त मन्दिर नै अस्विकार गरेको थियो यस बाट शिक्षा लिदै ज्योति माध्यमिक बिधालयले भने मन्दिर शिल्यानास र उद्घाटन सम्बन्धी मन्दिर निर्माण गरिदिने दात संग सहमती गरिसकेको छ जसका कारण भबिष्यमा कुनै पनि बिबाद नअउने निस्चित छ।
मन्दिर निर्माण गरिदिने दाता केशव अधिकारीले हामी संग कुरा गर्दै आफ्नो पहिलो सन्तानको रूपमा जन्मिएको जेष्ठो छोरा युगान्तरको असामहिक निधन भएको प्रती उनको सम्झनामा आफुले ज्योति माध्यमिक बिधालयमा सरस्वतीको मन्दिर निर्माण गरिदिन लागेको बताउनु भएको छ। अर्को फरक प्रसंगमा कुरा गर्दै अधिकारीले उक्त सरस्वतीको मन्दिर उद्घाटनमा हाल गभर्नर समेत रहनु भएका आफ्ना दाजु महाप्रसाद अधिकारीको हात बाट गराउनु आफ्नो उद्देश्य रहेको जानकारी दिएका छन जसअनुसार बिधालयले समेत सहमती दिसकेको बताइएको छ।

 

 

तपाईको प्रतिक्रिया