अन्जनी कुमार अधिकारी
उदयपुर, चौदण्डिगढी नगरपालिकाको वडा नं. ९ हडियामा रहेको जनता माध्यमिक बिधालयको १२ कोठे भवनको आज एक कार्यक्रमका बिच उद्घाटन भएको छ।
चौदण्डिगढी नगरपालिकाका प्रमुख खगेन्द्र राई र उपप्रमुख रिता कुमारी चौधरीले उक्त भवनको संयुक्तरुपमा उद्घाटन गर्नु भएको हो।
नेपाल सरकारको नमुना बिधालय बिकास कार्यक्रम अन्तर्गतको १ करोड ९० लाख ९५ हजार रुपैयाँमा उक्त १२ कोठे भवन
हलेसी निर्माण सेवा बानेश्वर काठमाण्डौले निर्माण सम्पन्न गरेको बिधालय प्रशासनले जानकारी दिएको छ।
नेपाल सरकारको नमुना बिधालय बिकास कार्यक्रम अन्तर्गत पाएको बजेटलाई पुर्ण सदुपयोग गर्दै उक्त बिनियोजित रकम बाट १२ कोठे भवन निर्माण सम्पन्न गरि बचेको रकम बाट उक्त १२ कोठे भवन संगै अर्को एउटा सभा हल सहितको ब्याडमिन्टन हल समेत बिधालय ब्यबस्थापन समितिले बनाउन सफल भएको बि.ब्य.स. अध्यक्ष चन्द्रलाल गिरीले जानकारी दिनु भएको छ सो सभाहल सहितको ब्याडमिन्टन हल समेत आजै मेयर राईले उद्घाटन गर्नु भएको छ।
सरस्वती पुजाको शुभ अवसर पारेर बिधालय प्रशासनले उक्त १२ कोठे भवनको उद्घाटन गराएको थियो भने भवन संगै बनेको ब्याडमिन्टन हलमा आज बाट नगर स्तरीय ब्याडमिन्टन प्रतियोगीताको समेत उद्घाटन भएको छ।
उक्त ब्याडमिन्टन प्रतियोगितामा नगरका ३० टोलीले सहभागीता जनाएको आयोजकले चौदण्डिगढी नगर ब्याडमिन्टन संघले जनाएको छ। उक्त प्रतियोगितामा पुरुष ओपम (डबल), पुरुष डबल (भेन्ट्रान्स ४० माथी) र महिला सिंगल (१७ बर्ष मुनि) ले प्रतिस्पर्धा गर्नेछन भने प्रत्येक टोलीका प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमश १० हजार, ८ हजार, ६ हजार नगद सहित मेडल प्रमाणपत्र प्राप्त गर्ने छन।
नेपाल सरकारको नमुना बिधालय बिकास कार्यक्रम अन्तर्गत बनेको १२ कोठे भवनको उद्घाटन कार्यक्रमको सभापतित्व बिधालय ब्यबस्थापन समितिका अध्यक्ष चन्द्रलाल गिरीले गर्नु भएको थियो भने प्रमुख अतिथि नगर प्रमुख खगेन्द्र राई, बिशिस्ट अतिथि नगर उपप्रमुख रिता चौधरी हुनुहुन्थ्यो।
अतिथिहरुमा चौनापा १० का वडा अध्यक्ष, पुर्व प्र.अ. तथा शिक्षक, स्थानिय नेता तथा कार्यकर्ता, बुद्धिजीवीहरु हुनुहुन्थ्यो।
यद्यपि कार्यक्रममा सोही वडाका वडा अध्यक्ष तथा बिधालय ब्यबस्थापन समितिका पदेन सदस्य भने अनुपस्थित हुनुहुन्थ्यो यस बिषयामा वहाँ संग बुझदा आफुलाई कुनै जानकारी बिनै कार्यक्रम तय गरिएकोले आफू उपस्थिति हुन नसकेको जानकारी दिएका थिए।
समय भन्दा केही ढिला गरि शुरु भएको उक्त कार्यक्रम पश्चात् हामी संग कुरा गर्दै यस बिधालयका प्र.अ. रामबहादुर राउतले जनता मा.बि.हडियालाई शिक्षा तथा भौतिक सम्रचनामा जिल्लाकै उत्कृष्ट बिधालयको रुपमा अघि लैजान आफू कठिबद्ध रहेको जानकारी दिएका छन।

कृपया यो पेज Like गर्नु होला

 

तपाईको प्रतिक्रिया