सन्ताेष कार्की(युवराज)

जनताको करबाट आफू सेवा सुविधा लिन्न भन्दै एम्बुलेन्स किन्ने घोषणा गरेकी राउतले एम्बुलेन्स ल्याएर कटारी अस्पातलाई सञ्चालनको लागि सोमबार हस्तान्तरण गरेकी हुन् ।

कृपया यो पेज Like गर्नु होला

उनले सुत्केरी र गर्भवतीलाई विशेष गरी नि शुल्क सेवा दिने गरी कटारी अस्पातालाई एम्बुलेन्स हस्तान्तर गरेको बताएकी छिन् । ‘यस एम्बेलेन्सले कटारी नगरपालिका क्षेत्र भित्रका सुत्केरी र गर्भवती महिलालाई विशेष सेवा दिन्छ,’ उनले भनिन्, ‘कटारी नगरपालिकको जुनसुकै वाडाका वस्तीबाट कटारी अस्पताल ल्याउन र ल्याउँन निशुल्क गरिएको छ ।’ उनले कटारी अस्पतालमा गर्भवती र सुत्केरीकाे जटिल अवस्था देखिएमा कटारी बाहिरमा काठमाडाैं, बिराटनगर अस्पताल लगायतका अस्पतालमा लान र ल्याउन निशुल्क गरिएकाे बताईन् ।

उनका अनुसार कटारी नगर कार्यपालिकाको अघिल्लो आर्थिक वर्षको नगरसभामार्फत् उपप्रमुखको सुविधाका लागि सवारी साधान खरिद गर्ने गरी ४० लाख विनियोजन गरेको थियो । उनले भनिन्, ‘४० लाखमा १२ लाख रुपैँयाको एम्बुलेन्स किनेर हस्तन्तरण गरेको छु, बाँकी २८ लाख रुपैँया अन्य क्षेत्रमा खर्च भएको छ ।’

कटारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालका अनुसार जम्मा ४० लाखमा १२ लाखको एम्बुलेसन्स खरिद गरिएको छ, भने बाँकी २८ लाखमा २४ लाखमा कटारी नगरपालिका ११ बेतेतीमा पर्यटन भवन निर्माण गरिएको छ । बाँकी चार लाख अन्य कामको लागि खर्च गरिएको छ ।

कटारी नगरपालिका ११ का वडाअध्यक्ष दिपक बुढाथोकीले कटारी नगरपालिकाकी उपप्रमुख राउतले आफुलाई गाडी किन्ने पैसाले एम्बुलेन्स किनेर उदाहरणीय काम गरेको बताए । ‘उहाँले (उपप्रमुख  राउत) ले आफुलाई गाडी किन्ने पैसाले जनताको लागि एम्बुलेन्स किन्नु भएको छ,’ उनले भने, ‘१२ लाखमा एम्बुलेन्स किनेर बाँकी २८ लाखमा २४ लाख बेतेनीमा पर्यटन भवनमा बनाउन खर्च गर्नु भएको छ ।’

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया