उदयपुर, बर्तमान केपी सरकारको असंबैधानिक कदम बिरुद्ध आज गाईघाटमा नेपाली कांग्रेसले बिरोध प्रदर्शन गरेको छ । आज सोमबार कांग्रेसले देशव्यापी रुपमा गरिरहेको पुर्वनिर्धारित केपी सरकारको असंबैधानिक कदम बिरुद्धको बिरोध प्रदर्शन कार्यक्रम अनुसार उदयपुरमा समेत कांग्रेसले आज बिरोध प्रदर्शन गरेको हो ।

कृपया यो पेज Like गर्नु होला

जिल्लाका सबै पालिकाहरु बाट उपस्थित कांग्रेस नेता तथा कार्यकर्ताहरुले बिरोध सभा पुर्व सरकारको असंबैधानिक कदमको बिरुद्ध कडा नारा सहित गाइघाट बजार परीक्रमा गरेका थिए। सरकार बिरोधी नारा लगाउदै बजार परीक्रमा गरेको जुलस गाइघाटको पिपलचोक पुगेर कोणसभामा परीणत भएको थियो।

कोणसभा नेपाली कांग्रेस उदयपुरका सभापति विदुर बस्नेतको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप गिरी हुनुहुन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले हजारौ जनताको बलिदानीले प्राप्त गरेका उपलब्धीलाई बर्तमान केपी नेत्रित्वको सरकारले गुमाउने खतरा रहेको भन्दै संबिधानमै नभएको सांसद बिघठन जस्तो असंबैधानिक कदमको बिरुद्ध कांग्रेसले सडकमा आएर बिरोध गर्न वाध्य भएको जिकिर गरेका थिए।
कार्यक्रममा बोल्दै बक्ताहरुले केपी सरकारको असंबैधानिक कदम नसच्चिए सम्म आन्दोलन जारी रहने समेत बताएका छन।

 

तपाईको प्रतिक्रिया