अन्जनी कुमार अधिकारी
उदयपुर, चौदण्डिगढी नगरपालिका वडा नं ६ र २ को बिचमा पर्ने कुवाखानी पिकनिक स्थल अत्यन्तै रमणीय र शान्त अनि सुन्दर स्थलमा अवस्थित पिकनिक स्थल हो तर हाल उक्त पिकनिक स्थलमा पुर्णतः सरसफाइ नहुदा निकै अव्यवस्थित र कुरुप बन्दै जाने चिन्ताले सताउदै गरेको बेला आज उदयपुर ह्याण्डबल एकेडेमीले आज सरसफाइ अभियाननै चलाएर पुर्णतः सफा बनाएको छ।
दैनिक जसो पिकनिक खान आउनेको भिड लाग्ने गरेको कुवाखानी पिकनिक स्थलमा पिकनिक खान आएका समुहले पानीका बोतल, बियरका बोतल यत्रतत्र छोड्ने गरेकोले निकै फोहोर हुँदै जादा समेत सम्बन्धित निकायको ध्यानाकर्षण नहुदा पिकनिक स्थल दुषित एवं कुरुप बन्दै गएको थियो यस तर्फ सचेत हुदै उदयपुर ह्याण्डबल एकेडेमीका अध्यक्ष बिदुर राईको नेतृत्वमा आज पिकनिक स्थल सरसफाइ भएको हो।
हरियाली जंगलको बिच बाट बग्ने कटुन्जे खोला संगैको रमणीय स्थलमा अवस्थित यस पिकनिक स्थलमा बर्सेनि सयौं टोलीहरु सुन्सरी, मोरङ, झापा लगायतका विभिन्न जिल्लाहरु बाट पिकनिक खान आउने गरेको स्थानियहरुले जानकारी दिएका छन।
चौदण्दिगढी नगरपालिकाको मात्र नभएर उदयपुर जिल्लाकै ख्याति कमाउन सक्ने अनुमान गरिएको यस कुवाखानी पिकनिक स्थललाई स्थानीय सरकारले पिकनिक संगै पर्यटकीय स्थलको रूपमा बिकास गर्न सके नगरपालिकाको राम्रो आम्दानीको श्रोत बन्ने पक्का रहेको छ तर पिकनिक स्थल यसरी अव्यवस्थित हुदै जादा समेत सम्बन्धित निकाय मौन हुनु वा नदेखेझै गरेर बस्नु अत्यन्तै दुख हो।
चौदण्डिगढी नगरपालिका वडा नं ६ को कटुन्जे सामुदायिक बन र वडा नं २ को जनकल्याण सामुदायिक बन मिलेर उक्त पिकनिक स्थलको रेखदेख तथा सरसफाइ गर्दै आएको भए पनि हाल कुवाखानी पिकनिक स्थालको अवस्था यस्तो हुनुमा जिम्मेवार पक्ष को भन्ने प्रश्न यतिबेला श्रीजना भएको छ।
कुवाखानी पिकनिक स्थलको संरक्षकत्व कसले लिने र यसलाई पर्यटकीय पिकनिक स्थलको रुपमा बिकास गर्ने जिम्मेवारी कसले लिने भन्ने समेत गौण बन्ने देखिन्छ।
सम्पुर्ण चौदण्डिगढी नगरवासीको पहिचान बन्दै गरेको यस कुवाखानी पिकनिक स्थलको सम्रक्षण र सम्बर्द्धन गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने देखिन्छ।

कृपया यो पेज Like गर्नु होला

 

तपाईको प्रतिक्रिया