अन्जनी कुमार अधिकारी
उदयपुर, चौदण्डिगढी नगरपालिकाको वडा नं. ९ स्थित स्वास्थ्य चौकीमा वडा कार्यालयले ४ लाख बराबरको औषधि, उपकरण डिसहोम, ल्यापटप, फोटोकपी मेसिन हस्तान्तरण गरेको छ।
आज ३० माघ २०७७ को दिन एक कार्यक्रमको आयोजना गर्दै उक्त सामाग्री हस्तान्तरण गरेको हो।
चौदण्डिगढी नगरपालिकाकि उपप्रमुख रिता कुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता वडा नं ९ का वडा अध्यक्ष एवम स्वास्थ्य चौकीका पदेन अध्यक्ष प्रकाश राउतले गर्नु भएको थियो भने बिशेश अतिथीमा उदयपुर जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुवेदी हुनुहुन्थ्यो।
हडिया स्वास्थ्य चौकीलाई २ कठ्ठा जग्गा दान स्वरुप उपलब्ध गराउनु हुने नइन्द्र बहादुर खड्का लगायत स्थानीय नेता तथा बुद्धिजीवी अतिथि रहनु भएको थियो।
चौदण्डिगढी नगरपालिका वडा नं ९ ले ४ लाख रुपैया बजेट बिनियोजन गरे पश्चात् स्वास्थ्य चौकी हडियाले HIV परिक्षणको कीट देखि ल्यावका विभिन्न सामाग्री लगायत डिसहोम सहितको टिभी जडान, ल्यापटप, फोटोकपी मेसिन र भवन रंगरोगन गरेक हो।
वडा कार्यालयको बजेट मार्फत बेहुली झै रंगरोगनले सजिएको उक्त स्वास्थ्य चौकी हडिया हाल ल्याब, एम्बुलेन्स देखि ९ जना कर्मचारीले सु-सज्जित रहेको स्थानीयहरुले जानकारी दिएका छन।
पहिला निकै अव्यवस्थित रुपमा रहेको उक्त स्वास्थ्य चौकी हडियालाई वडा अध्यक्ष प्रकाश राउतले जिल्लाकै नमुना स्वास्थ्य चौकीको रुपमा बिकास गर्दै लगेको स्वास्थ्य चौकिका कर्मचारीहरुले बताएका छन।

कृपया यो पेज Like गर्नु होला

उदयपुर जिल्ला क्षेत्र नं १ का सांसद डा. नारायण खड्काको बिशेश पहलमा पाकिस्तान सरकारले उपहार स्वरुप दिएको प्रयोगमै आउन नसक्ने अवस्थामा थन्किएर बसेको एम्बुलेन्सलाई वडा अध्यक्ष राउतलेनै प्रयोगमा ल्याएर हाल संचालनमा रहेको स्वास्थ्य चौकी हडियाका प्रमुखले बताए।
वडा अध्यक्ष प्रकाश राउतको एकल प्रयास र मेहनतले नमुना स्वास्थ्य चौकीको रुपलिदै गरेको उक्त स्वस्थ्य चौकीमा जिल्ला जनस्वास्थ्य कार्यालय र चौदण्डिगढी नगरपालिकाको सहकार्यमा बर्थिङ्ग सेन्टर भवन समेत निर्माण हुने भएको छ।
वडा अध्यक्ष प्रकाश राउतका अनुसार उनको विशेष पहल तथा जनस्वास्थ्य कार्यालय उदयपुरको सहयोगमा दातृनिकायको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत लागानीमा जम्मा २० बराबरको सुबिधा सम्पन्न प्रसुतीगृह समेत निर्माण हुने भएको छ।
आजै दातृनिकायका इन्जिनियरहरुले उक्त भवन निर्माण हुने स्थानको अवलोकन गरेका छन भने छिट्टै उक्त बर्थिङ्ग सेन्टरको शिलान्यास हुने र भवन निर्माण भएर सन्चालनमा आउने भएको छ। बर्थिङ्ग सेन्टर संचालनमा आए पस्चात उक्त प्रसुतिगृहमा एकै पटक २० जना सम्मले प्रसुतिगृह सेवा लिना सक्ने वडा अध्यक्ष राउतले जानकारी दिएका छन।

 

 

तपाईको प्रतिक्रिया