सुनसरीमा ट्रककाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु भएकाे छ । बुधबार पकली चाेकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेकाे काे १ क ३४११ नम्बरको ट्रकले ठक्कर दिँदा माेटरसाइकलचालक उदयपुर बेलका नगरपालिका- ९ का ५४ वर्षीय राजेन्द्र साहकाे मृत्यु भएकाे हाे ।