अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला


उदयपुर, चौदण्डिगढी नगरपालिकाको बेल्टारमा आधारभुत अस्पातल निर्माणको लागी नगर प्रमुख खगेन्द्र राइले आफ्नो सकृयाता बढाउनु भएको छ।
२०४० सालमा स्वास्थ्य चौकी भवन निर्माण भई संचालन भएको बेल्टार स्वास्थ्य चौकी २०५७ सालमा स्तरबृद्दी भई प्राथमिक स्वास्थ्य केन्द्र भएको र सोही प्राथमिक स्वास्थ्य केन्द्र भएको स्थानमा २०६० सालमा प्राथमिक स्वास्थ्य केन्द्रको भवन समेत निर्माण भएर हाल संचालनमा रहेको छ।
प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारको स्तर अझै बृदि गर्दै बेल्टार आधारअभुत अस्पातल निर्माण गर्न नगरपालिकाले बिशेष चासो सहित नगर कार्यपालिकाको गत २८ मंसिर २०७७ को निर्णय अनुसार प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारलाई आधारभुत अस्पातल निर्माण गर्ने निर्णय गरेको थियो।
नेपाल सरकारले हरेक नगरपालिकामा नगर स्तरिय १५ बेडको अस्पातल निर्माण गर्ने प्रकृया अघी बढाए संगै चौदण्डिगढी नगरपालिकाले समेत प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारलाई १५ बेड सहितको आधारभुत अस्पातल निर्माण गर्ने प्रकृया अघी बढाएको हो।
दुई बर्ष अघि देखीनै बेल्टार प्राथमिक स्वास्थ्य केन्द्रलाई आधारअभुत अस्पातल बनाउने लक्षसहित नगर प्रमुख खगेन्द्र राइ लागि पर्नु भएको भए पनि हाल बेल्टार प्राथमिक स्वास्थ्य केन्द्र ऐलानी जमिनमा रहेको कारण देखाउदै केही बिलम्ब हुन पुगेको बुझिएको छ।
हाल प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार रहेको स्थान करिब १ बिघा ऐलानी जमिन प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारको आफ्नै स्वामित्वमा भएतापनि लालपुर्जा (नापी) नभएका कारण १५ शैयाको अस्पताल बन्न नसकेको र पटक पटक बजेट परेपनि कार्यान्वयन गर्न नसकेकाे कारण उक्त जग्गा अस्पतालकै स्वामित्वमा हुनेगरि तत्काल प्रकृया पुरा गरिदिन अनुरोध सहित चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईको टोलीले हिजो २७ माघ २०७७ को दिन भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री डा.शिव माया तुम्बाहाम्फेलाई वहाँकै कार्यकक्षमा भेटी मन्त्री तुम्बाहाम्फे समक्ष ग्यापन पत्र बुझाएको छ।
ग्यापन पत्र बुझ्दै भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री डा.शिव माया तुम्बाह्म्फेले छिट्टै प्रकृया पुरा गरी उक्त जमिन प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारको नाममा नापी गराउने प्रतिबद्दता समेत ब्याक्त गर्नु भएको थियो।
उता हाल संघिय राजाधानिमा रहेका मेयर राइले स्वास्थ्य मन्त्रालय पुगेर हाल संचालनमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारलाई १५ बेड सहितको आधारभुत अस्पातल निर्माणको ब्यबस्था मिलाई दिन समेत ग्यापन पत्र बुझाइने जानकारी दिनु भएको छ।

 

तपाईको प्रतिक्रिया