अन्जनी कुमार अधिकारी
उदयपुर, चौदण्डिगढी नगरपालिकामा तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकताको प्रक्रिया सम्पन्न भएको छ।
केन्द्रमा मधेस केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच गत बैशाखमै एकीकरण भएको भए पनि स्थानीय स्तरमा एकीकरणको काम बाकी रहेको थियो।
गत माघ ९ गते शुक्रबारको दिन चौदण्डिगढी नगरपालिकाको बेल्टार स्थित एक पार्टी प्यालेसमा हाल एकीकृत भएको जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईको प्रमुख आतिथ्यतामा नगर एकता सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।
तत्कालीन राजपा र समाजवादी पार्टी बिच नगर एकता हुदा भुपेन्द्र राईको अध्यक्षतामा ३५ सदस्य नगर कमिटी गठन भएको समाजवादी महिला संघ कि केन्द्रिय सदस्य उर्मिला राईले जानकारी दिनु भएको छ।
बर्तमान सरकारको कार्य प्रती निकै रुष्ट बनेको जसपाले आफ्नो नगर एकतामा समेत ओली सरकारको असंवैधानिक कदमको निन्दा गरेको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै समाजवादी महिला संघ कि केन्द्रिय सदस्य उर्मिला राईले सबै बर्ग, समुदाय, जातजाति, भाषा धर्मको समान रुपले संम्रक्षण गर्दै पुर्ण समावेशी लोकतन्त्रको रक्षा गर्न यो देशना जसपा मात्र एउटा शक्ति रहेको तर्क राख्नु भएको थियो।
उता प्रमुख अतिथिका रुपमा आएका जसपाका बारीष्ठ नेता अशोक राईले काङ्ग्रेस, कम्युनिस्टको सरकारको गतिविधि जनताले राम्रो संग बुझिसकेको हुंदा अब देशै भरिबाट जसपाको पक्षमा जनमत श्रीजना हुने भन्दै पार्टीलाई एकताबद्ध गराएर अघि बढ्न नवगठित कार्यसमितिलाई निर्देशन दिएका थिए।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सय जना भन्दा धेरै ब्याक्ती जसपा प्रवेश गरेको जसपा चौदण्डिगढी नगर कार्यसमितिले जानकारी दिएको छ।

कृपया यो पेज Like गर्नु होला

 

तपाईको प्रतिक्रिया