समाचार/लेखलाई सेयर गर्नुहोस् ।

उदयपुर । केन्द्रका अधिकांश कमिटीमा चरम अल्पमतमा परेर संसद् विघटनको आलोच्य कदम चालेका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष उदयपुरको पार्टी कमिटीमा नभई स्थानीय तहमा ज्यादै कमजोर देखिएको छ ।
कानुनी रूपमा नेकपा हालसम्म एकै रहे पनि राजनीतिक गतिविधि र व्यवहारिक हिसाबले मुलुकको सबैभन्दा ठूलो दल विभाजित भइसकेको छ । देशैभरी समूहगत भेला र आरोप–प्रत्यारोपको जुहारी चलिरहेको छ । यस्तो बेलामा नेपालको वाम आन्दोलनको उद्गमथलो मध्येको एक उदयपुरमा केन्द्र, प्रदेश, जिल्ला र गाउँपालिका र नगरपालिका मात्र नभई स्थानीय तहका प्रमुख र उपप्रमुख सहित वडाध्यक्ष समेत ओली पक्ष ज्यादै कमजोर देखिएको छ ।
जिल्ला समन्वय समिति संयोजक खड्ग बहादुर दर्लान ओली समूहका हुन भने सह संयोजक गंगा राई प्रचण्ड नेपाल समूहका हुन् । जिल्लाका ८ स्थानीय तहमध्ये ५ पालिका प्रमुख प्रचण्ड नेपाल पक्षमा छन भने दुई पालिका प्रमुख ओली पक्षमा छन् ।
यस्तै जिल्लाका ७५ वडामध्ये ४७ वटा वडामा नेकपा विजय भएका थिए । तत्कालिन नेकपा माओवादी केन्द्रबाट १८ जना र तत्कालिन नेकपा एमालेबाट २९ जना वडाध्यक्ष विजय भएका थिए । जसमध्ये ओली पक्षमा ६ जना वडाध्यक्ष मात्रै खुलेको छ भने ४ जना वडाध्यक्ष तटस्थ देखिएको छ  र बाँकी ३७ जना वडाध्यक्षहरु प्रचण्ड नेपाल समूहमा खुलेका छन् । ओली पक्षमा बेलका नगरपालिकामा चार जना वडाध्यक्ष, कटारी नगरपालिकामा दुई जना वडाध्यक्ष खुलेका छन् ।
बेलका नगरपालिकाका मेयर दुर्गा थापा सहित ३ जना वडाध्यक्ष ओली समूहमा खुलेका छन् । उपमेयर राजकुमारी चौधरी तटस्थ देखिएको छ । वडाध्यक्ष मध्ये ओली समूहमा बेलका नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भरत मगर, वडा नं. ५ का वडाध्यक्ष गोविन्द कुमार खडका, वडा नं. ६ का वडाध्यक्ष बसन्त मगर र वडा नं. ७ का वडाध्यक्ष सुरेन्द्र राई रहेका छन् ।
बेलका नगरपालिका वडा नं. ४ का वडाध्यक्ष दिपक दंगाल, वडा नं. ८ का वडाध्यक्ष जय कुमार राई र वडा नं. ९ का वडाध्यक्ष मोहन घिमिरे प्रचण्ड नेपाल पक्षमा खुलेरै लागेका छन् ।
चौदण्डीगढी नगरपालिका मेयर, उपमेयरको साथै त्रियुगा नगरपालिका र लिम्चुङबुङ गाउँपालिकाका उपप्रमुख नेपाली काँग्रेसबाट विजयी भएका छन् । चौदण्डीगढी नगरपालिमामा ४ जना वडाध्यक्ष नेकपाले विजय गरेकोमा सवै वडाध्यक्ष प्रतिगमनको विरुद्ध प्रचण्ड नेपाल पक्षमा लागेका छन् । चौदण्डीगढी नगरपालिका वडा नं. २ का वडाध्यक्ष सन्तोष सुवेदी, वडा नं. ५ का वडाध्यक्ष देव नारायण चौधरी, वडा नं. ६ का वडाध्यक्ष कमल ध्वज राई र वडा नं. ९ का वडाध्यक्ष प्रकाश राउत रहेका छन् ।
त्रियुगा नगरपालिकामा मेयर बलदेव चौधरी सहित ८ वटा वडा नेकपाका वडाध्यक्ष छन् । सवै प्रचण्ड नेपाल समूहमा खुलेका छन् । त्रियुगा नगरपालिका २ का वडाध्यक्ष घमान सिंह खत्री, वडा नं. ३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरी, वडा नं. ४ का वडाध्यक्ष सुभाष निरौला, वडा नं. ११ का वडाध्यक्ष विश्वराज भट्टराई, वडा नं. १२ का वडाध्यक्ष जय विक्रम राई, वडा नं. १३ का वडाध्यक्ष पशुपति चौधरी, वडा नं. १४ का वडाध्यक्ष कुरुङ राई र वडा नं. १६ का वडाध्यक्ष मान बहादुर राई रहेका छन् ।
कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, उपमेयर भिम कुमारी राउत र वडा नं. १ का वडाध्यक्ष नवराज पोखरेल र वडा नं. ४ का वडाध्यक्ष कृष्णराज दनुवार ओली समूहमा खुलेका छन । कटारी नगरपालिका वडा नं. ८ कमल बहादुर श्रेष्ठ, वडा नं. ९ का वडाध्यक्ष बेगबहादुर आलेमगर, वडा नं. ११ का वडाध्यक्ष दिपक बुढाथोकी र वडा नं. १३ का वडाध्यक्ष नेत्र बहादुर श्रेष्ठ प्रचण्ड नेपाल पक्षमा खुलेका छन् । यस्तै कटारी नगरपालिका वडा नं. १४ का वडाध्यक्ष तेजबहादुर आले मगर तटस्थ देखिएको छ ।
रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्का सहित ६ जना वडाध्यक्ष प्रचण्ड नेपाल समूहमा खुलेका छन् । उपाध्यक्ष कुमारी ज्यू ठकुरी वली समुुुुहमा र वडा नं. ३ का वडाध्यक्ष दुर्गराज खड्का तथस्ट छन । रौतामाई गाउँपालिका वडा नं. १ का वडाध्यक्ष रुद्रबहादुर कार्की, वडा नं. २ का वडाध्यक्ष खविन्द्र रास्कोटी, वडा नं. ४ का वडाध्यक्ष चन्द्र बहादुर मगर, वडा नं. ५ का वडाध्यक्ष पाण्डोव राई, वडा नं. ६ का वडाध्यक्ष तिलबहादुर राना र वडा नं. ७ का वडाध्यक्ष उत्तम कुमार मगर प्रचण्ड नेपाल समूहमा रहेका छन् ।
उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर आले मगर र उपाध्यक्ष सानु कुमारी राउत सहित ५ जना वडाध्यक्ष प्रचण्ड नेपाल समूहमा खुलेको छ । वडा नं. १ का वडाध्यक्ष खेदबहादुर आलेमगर, वडा नं. २ का वडाध्यक्ष इन्द्र बहादुर राउत, वडा नं. ३ का वडाध्यक्ष मनोज कुमार कार्की र वडा नं. ४ का वडाध्यक्ष रामबहादुर घले र वडा नं. ७ का वडाध्यक्ष कर्णमाया मगर रहेका छन् । ओली समूह सुन्य रहेको छ ।
ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धव सिंह थापा र उपाध्यक्ष कमल माया राई सहित ५ वडाध्यक्ष मध्ये पाँचै जना प्रचण्ड नेपाल पक्षमा प्रस्ट खुलेका छन् । वडा नं. १, ४ र ५ का वडाध्यक्ष प्रचण्ड नेपाल समूहमा खुलेका छन भने  वडा नं. २ र ३ का वडाध्यक्ष तटस्थ देखिएको छ । वडा नं. १ का वडाध्यक्ष गोविन्द्र विक्रम सेन, धर्मध्वोज राई, सारद कुमार लुंगेली मगर, वडा नं. ४ का वडाध्यक्ष चित्र बहादुर मगर र वडा नं. ५ का वडाध्यक्ष फत्त बहादुर ज्यू रहेका छन् । तटस्थ रहेनमा वडा नं. २ का वडाध्यक्ष धर्मध्वोज राई र सारदा कुमार लुंगेली मगर रहेका छन् ।
लिम्चुङबुङ गाउँपालिकामा अध्यक्ष मेजर कुमार राई सहित पाँचै जना वडाध्यक्ष प्रचण्ड नेपाल पक्षमा खुलेका छन् । वडा नं. १ देखि ५ सम्मका वडाध्यक्ष क्रमशः भिम बहादुर राई, भविन्द्र कुमार राई, डिक बहादुर राउत, यन्द प्रसाद राई र केशर कुमार खड्का रहेका छन् ।
उदयपुरमा ओली समूहमा ३३ जिल्ला कमिटी मात्रै छन भने बाँकी १ सय २४ जिल्ला कमिटी सदस्य प्रचण्ड नेपाल समूहमा खुलेका छन् । यस्तै नेकपा गाउँ र नगर कमिटीमा ८० प्रतिशत बढी कार्यकर्ता प्रचण्ड नेपाल पक्षमा खुलेका छन् ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया