अन्जनी कुमार अधिकारी
उदयपुर, चौदण्डिगढी नगरपालिकाको बेल्टार स्थित मदन भन्डारी लोकमार्ग अन्तर्गत द्वारखोला पुल नजिक अाज अटोटेम्पो र टाटासुमो एक आपसमा ठोकिदा एक जनाको मृत्‍यु भएको छ भने चार जना घाइते भएका छन।
पुर्व बाट पश्चिम तर्फ जादै गरेको स १ च १४४६ नम्बरको टाटासुमो र बिपरित दिशाबाट आउँदै गरेको प्र २- ०१ – ह ०७७४ नम्बरको अटोटेम्पो एक आपसमा ठोकिदा टेम्पो चालक चौदण्डिगढी नगरपालिका वडा नं ६ सिर्वानी बस्ने २६ बर्षका हेमराज राइको निधन भएको प्रहरीले जनाएको छ।
टेम्पो र सुमो ठोकिएर गम्भिर घाइते भएका टेम्पोमा सवार यात्रु तथा टेम्पो चालक राइलाई उपचारको लागी तत्काल ईलाका प्रहारी कार्यलय बेल्टार बाट प्रहरी निरीक्षक छेफिन्जो भोटेको कमाण्डमा गएको टोलिले उद्धार गरी धरान स्थित घोपा पठाएको भए पनि टेम्पो चालक राइको निधन भएको हो भने टेम्पोमा सवार अन्य यात्रुहरु जिल्लाकै त्रियुगा नगरपालिका १ रूपनी बस्ने बर्ष ३६ का सुरेन्द्र बस्नेत निजकी श्रीमती बर्ष ३५ कि कल्पना बस्नेत उनिहरुको छोरा बर्ष ५ को सुभाष बस्नेत र सोही ठाँउकी ५७ बर्षिया साबित्रा कार्की घाइते भएका हुन।
घाइते मध्य बालक सुभाषको अवस्था सामान्य रहेको छ भने सुरेन्द्र बस्नेत र साबित्रा कार्कीको शरीरका बिभिन्न भागमा गम्भिर चोटलागेकोले बोल्न नसक्ने अवस्थामा अस्पातल पठाइएको छ भने कल्पना बस्नेतको टाउकोमा चोट भए पनि सामान्य बोल्न सक्ने अवस्थामा रहेको र हाल उनिहरु सबैको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरानमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।
उता दुर्घटना भएको अटोटेम्पो र अटोटेम्पोलाई ठक्कर दिने टाटासुमो सहित सुमो चालक उदयपुरकै त्रियुगा नगरपालिका ११ बस्ने बर्ष ३७ को चन्दन कुमार शाहलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यलय गाइघाटले जानकारी दिएको छ।
स्मरणिय छ यस मदन भण्डारी लोकमार्गको यस सडक खण्डमा मात्रै दैनिक जसो सवारी दुर्घटना हुने गरेका छन भने बिभिन्न समयमा चालक तथा यात्रुहरुको निधन हुने गरेकोछ।
राज्यले बनाएको बैकल्पिक लोकमार्गनै दैनिक जसो असुरक्षित हुँदै गर्दा यस तर्फ सरकारकारको ध्यान जानु जरुरी देखिएको स्थानियहरुले बताएका छन। राज्यको एउटा मेरुदण्डनै मानिएको लोकमार्गमा अत्याधिक घुमाउरो बाटो हुनुले समेत यो लोकमार्ग दुर्घाटनाको जोखिम युक्त लोकमार्ग बन्ने आंकलन गर्न सकिन्छ।

कृपया यो पेज Like गर्नु होला

 

तपाईको प्रतिक्रिया