अन्जनी कुमार अधिकारी
उदयपुर, चौदण्डिगढी नगरपालिकाले यही माघ ७ गतेबाट काठमाण्डौमा शुरु भएको राष्ट्रिय महिला उपमेयर लिग फुटबल प्रतियोगितामा सहभागी हुने आफ्ना नगरका महिला खेलाडीहरुलाई आज एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको छ।
आज नगरपालिकामै एक कार्यक्रमको आयोजना गरेर महिला खेलाडीहरुलाई खेल सामाग्री सहित खादा तथा अबिर लगाएर बिदाई गरिएको हो।
गत पौष ७ गते बाट बन्दप्रशिक्षणमा रहेका खेलाडी तथा प्रशिक्षकलाई नगरपालिकामा नगर प्रमुख खगेन्द्र राइ, उपमेयर रिता चौधरी, नगरपालिकाका प्रशासकिय अधिकृत धुर्व आचार्य, वडा अध्यक्ष तेजराज तिमल्सिना, नगर खेलकुद बिकास समितीका अध्यक्ष शसीचन्द्र राइ लगायत खेल प्रेमी अग्रज तथा नेपाली काङ्ग्रेस चौनपा नगर सभापति राजेन्द्र पौडेल, लाइन्स क्लबका संयोजक पवन कार्कीले संयुक्तरुपमा खेलकुद सामाग्री सहित खादा तथा अबिर लगाएर बिदाई गरेका हुन।
यहि माघ ७ गतेबाट काठमाण्डौमा शुरु हुँदै गरेको राष्ट्रिय महिला उपमेयर लिग फुटबल प्रतियोगितामा देश भरी बाट जम्मा आठ टिमले आफ्नो सहभागीता जनाउने छन जसमा पुर्वान्चल बाट बिराटनगर उपमहानगरपालिका र चौदण्डिगढी नगरपालिकाले मात्र प्रतियोगितामा आफ्नो स्थान सुरक्षित पार्दै सहभागी हुने अवसर प्राप्त गरेका थिए।
यस अघि पहिलो चरणको खेल २०७६ जेष्ठमा काठमाण्डौको हल्चोक स्थित APF रंगशालामा देश भरका १८ नगरपालिका बिच भएको प्रतिस्पर्धामा टप ८ भित्र पर्दै दोश्रो चरणमा प्रवेश गर्न सफल चौदण्डिगढी नगरपालिकाका महिला खेलाडी दोश्रो चरणको २०७६ माघमा रौतहटमा भएको लिगमा टप ८ मध्यमा टप ४ मा पर्दै तेस्रो तथा अन्तिम चरणको लिगमा पर्न सफल टिम हो।
तेस्रो तथा फाइन लिग अन्तर्गत चौदण्डिगढी नगरपालिका महिला टिमले यहि माघ ९ गते नेपाल पुलिस, ११ गते चन्द्रपुर नगरपालिका, १५ गते वालिङ्ग नगरपालिका, १७ गते बिराटनगर महानगरपालिका, १९ गते APF र २१ गते त्रिभुवन आर्मी को टिम संग प्रतिस्पर्धा गर्ने चौदण्डिगढी नगरपालिका नगर खेलकुद बिकाश समितिका सचिव भास्कर चौधरीले जानकारी दिनु भएको छ।
खेलाडी तथा प्रशिक्षकलाई बिदाई गर्दै नगर प्रमुख खगेन्द्र राई तथा नगर उपप्रमुख रिता कुमारी चौधरीले अनुशासित एवं मर्यादित भएर खेल प्रदर्शन गर्न र सफलताको शिखर चुमेर फर्कन अग्रिम बधाई तथा जितको शुभकामना ब्याक्त गर्नु भएको थियो।

कृपया यो पेज Like गर्नु होला

 

तपाईको प्रतिक्रिया