उदयपुर  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूह उदयपुरको जिल्ला कमिटीको पाँचौ बैठक(भोली) शुक्रबार बस्ने भएको छ ।
नेकपा प्रचण्ड माधव समूह उदयपुरका जिल्ला सचिव इश्वरमणी राउतका अनुसार नेकपा प्रचण्ड माधव समूह उदयपुरको जिल्ला कमिटीको पाँचौ बैठक गाईघाटमा बस्न लागेको हो । ‘गाईघाटमा बस्ने गरी जिल्ला कमिटीका सदस्यहरुलाई खबर गरेका छौँ,’ सचिव राउतले भने ।
जिल्ला कमिटीको बैठकपछि आगामी शनिबार जनप्रतिनिधिहरुको भेला समेत आयोजना गरिएको छ । नेकपा उदयपुरका जिल्ला अध्यक्ष विनोद कटुवाल दिवशका अनुसार जनप्रतिनिधिहरुको भेला शनिबार आयोजना हुने भएको छ । ‘जनप्रतिनिधिहरुले गरिरहेको विकास निर्माणका कामहरुको बारेमा छलफल हुने छ,’ उनले भने, ‘पार्टीका घोषणा पत्र अनुसार काम भइरहेका छन् की छैनन् भनेर भेलामा परामर्श समेत हुने छ ।’
जनप्रतिनिधिहरुको भेलामा वडा अध्यक्ष, स्थानीय तहका प्रमुख÷उपप्रमुख, गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, प्रदेश संसद, संघीय संसदहरुको उपस्थिति रहेने जानकारी दिइएको छ । संसद विघटनपछि नेकपा दुई समूहमा विभाजन भएको छ । एक समूह नेकपा केपी शर्मा ओली समूह र एक समूह पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह बनेको छ । उदयपुरमा प्रचण्ड माधव समूह बलियो देखिएको छ । संसद विघटनको विरुद्धमा उदयपुरमा विभिन्न चरणमा निरन्तर आन्दोदन जारी रहेको जानकारी नेकपा उदयपुरले जानकारी दिइएको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया