उदयपुर,  केन्द्रका अधिकांश कमिटीमा चरम अल्पमतमा परेर संसद् विघटनको आलोच्य कदम चालेका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष उदयपुरको पार्टी कमिटीमा पनि ज्यादै कमजोर देखिएको छ ।
कानुनी रूपमा नेकपा हालसम्म एकै रहे पनि राजनीतिक गतिविधि र व्यवहारिक हिसाबले मुलुकको सबैभन्दा ठूलो दल विभाजित भइसकेको छ । देशैभरी समूहगत भेला र आरोप–प्रत्यारोपको जुहारी चलिरहेको छ । यस्तो बेलामा नेपालको वाम आन्दोलनको उद्गमथलो मध्येको एक उदयपुरमा सांगठनिक शक्ति सन्तुलनमा आफूलाई बलशाली तुल्याउने ध्येयमा दुवै पक्ष लागेका छन् ।
उदयपुरमा केन्द्र देखि प्रदेश, जिल्ला र नगर÷गाउँपालिका कमिटीमा लेखाजोखा गर्दा ओली पक्ष प्रचण्ड नेपाल पक्षको दाजोमा निकै कम्जोर देखिएको छ ।
केन्द्र
संसद विघठन हुनु अघिको दस्तावेज अनुसार उदयपुरबाट नेकपा केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने ४ जनामध्ये ओली पक्षमा एक र प्रचण्ड नेपाल पक्षमा ३ जना रहेको छ । ओली पक्षका केन्द्रीय सदस्यमा मन्जु कुमारी चौधरी रहेका छन भने प्रचण्ड नेपाल पक्षको केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का सचिव सुरेशकुमार राई (हिमाल), जगनाथ खतिवडा र बलदेव चौधरी रहेका छन् ।
प्रदेश
नेकपा प्रदेश कमिटीमा उदयपुरबाट १७ जना मध्ये ११ जना प्रचण्ड नेपाल पक्षमा खुलेका छन् । राजकुमार राई, अम्बर बहादुर रायमाझी, मोहन खत्री, भिम अधिकारी (अनिल), राजन किराती, नारायण बुर्जा, मणि खम्बु, भेष कुमारी राउत, निरज पौडेल, काजीमान तामाङ र केपी बराज प्रचण्ड–नेपाल पक्षमा उभिएका छन् । ओली समूहमा मणि पौडेल, अम्बिका थापा, बेदप्रसाद पोखरेल, भिमकुमारी राउत, लक्ष्मी नारायण चौधरी र नवराज पोखरेल रहेको स्रोतले जानकारी दिए ।
जिल्ला
पुस १५ गते बसेको प्रचण्ड नेपाल समुह पक्षको जिल्ला कमिटी बैंठकमा १ सय १५ जनाको उपस्थित रहेको थियो । एक दर्जन बढी भौगोलिक कठिनाई र असमय अभावले उपस्थित हुन नसकेको जानकारी गराएको स्रोतले जनाएको छ । त्यसको भोली पल्ट पुस १६ गते बसेको ओली समूहको जिल्ला कमिटी बैंकठमा राम्रो उपस्थित रहेको ओली निकट स्रोतले जनाएको छ । उदयपुर जिल्ला कमिटीमा १ सय ६२ जना मध्ये २ जना प्रदेश कमिटी, २ जना कारबाही र एक जनाको मृत्यु भएको छ । हाल बाँकी १ सय ५७ जना मात्रै जिल्ला कमिटी सदस्य रहेको छ । स्रोतका अनुसार ओली पक्षमा ३३ जना रहेको छ । ओली समुहका केही जिल्ला सदस्य प्रचण्ड नेपाल पक्षमा आउने पक्षमा देखिएको स्रोतले जनाएको छ । यस्तै प्रचण्ड नेपाल पक्षमा १ सय २४ जना जिल्ला कमिटी सदस्यहरु खुलेका छन् ।
नेपाल निकट (५७ जना)
ईश्वरमणि राउत (सचिव), प्रकाशकुमार बस्नेत, दिलबहादुर तामाङ, कैलाश बस्नेत, गीताकुमारी कार्की, गंगाकुमारी कार्की, दुर्गा परियार, सुनिता चौधरी, नरेन्द्र राउत, टेकबहादुर राउत, टामिन्द्र राई, चुना थापा मगर, अवधेशप्रसाद चौधरी, चन्द्र नारायण चौधरी, फुलकुमारी चौधरी, हृदय विक्रम तामाङ, माया भण्डारी, जयराम पंजियार, विदुर सिंह तामाङ, उदय प्रसाद अधिकारी, सुभाष निरौला, सुखिलाल चौधरी,
नोखबहादुर श्रेष्ठ, पुष्प विक, प्रतिक्षा ढुंगाना, सिता राना, विष्णुमुरी मगर, अनन्त हायु, होमबहादुर भुजेल, चुडामणि पोखरेल, विनोद राई, लिलानाथ घिमिरे, कर्णमाया मगर, नरवदा बुढाथोकी, धनपति आचार्य, डिकबहादुर राउत, उद्धवसिंह थापा, पशुपति चौधरी, श्रीबहादुर खड्का, प्रकाश राउत, मोहनप्रसाद घिमिरे, धर्म तामाङ, हेमबहादुर खड्का, होमबहादुर दाहाल, खम्बर बहादुर मगर, हरि नायारण पंजियार, मानबहादुर मगर, गजेन्द्रबहादुर खड्का, किशोर ताम्रकार, गंगाकुमारी राई, खविन्द्र रास्कोटी, सोमबहादुर बस्नेत, हिमकुमार मगर, नारायण अधिकारी, लोकबहादुर तामाङ, डम्बर खड्का र मणिसुन्दर श्रेष्ठ
ओली निकट (३३ जना)
विमल कार्की, परमेश्वर घिमिरे, ज्ञानेन्द्र श्रेष्ठ, खड्ग बहादुर परियार, कुशलबाबु बस्नेत, सृजना दनुवार, कालुमान लामा, गीता देवी रेग्मी, गोपाल खत्री
दुर्गा थापा, भरत थापा, मणिका देवी दुलाल, महेश रोका, भागवत राउत, राजेन्द्र कुमार कटुवाल, शम्भु पौडेल, शिव रेग्मी, कुमार जंग कार्की, केशव राई, खगेन्द्र पोखरेल, चक्रबहादुर तामाङ, जसबहादुर कार्की, नारद निरौला, बाबुराम राई, मन्दिप राई, रेवन्ती राई, सिता पौडेल, सन्तोष बस्नेत, नर्वदा घले, महेश्वरी राई, कृष्ण भण्डारी, लाल बहादुर रम्तेल र शशीकुमार राई
प्रचण्ड निकट (६७ जना)
विनोद कटुवाल (अध्यक्ष), भगवती खत्री दाहाल, मणिराज दाहाल, हेमराज दाहाल, किसनलाल दनुवार, जंगबहादुर राई, यमरबहादुर कटुवाल, कमल श्रेष्ठ, विवेक श्रेष्ठ, केदार कोइराला, तुलसी प्रसाद कोइराला, ढुंगराज विक, प्रेम राई, रेणुका बुढाथोकी, झनक विक, रेखा शेर्पा, होम किराती, मेजरकुमार राई, खड्ग थापा, एवीराज राई, इश्वर राना मगर, विरेन्द्र मगर, दिपेन्द्र दाहाल, राधा मगर, निर्मला मगर, देव गिरी, दिपक तामाङ, भुवन केप्छाकी मगर, विशाल लिम्बु, जीवनकुमार कार्की, विमल राई, दिलकुमारी मगर, अमृता राई, सम्झना तामाङ, केदार दनुवार, किरण राई, नरबहादुर कार्की, दुर्गा बुर्जामगर, रुद्र अधिकारी, पदम दाहाल, गिता खड्का, केन्द्रकुमार राउत, जीवन राई, सुनवीर तामाङ, राधा खड्का, पृथ्वी विक, मानबहादर राई, कुलबहादुर कटुवाल, कुरुङ राई, सुनिता लामा पोखरेल, सन्तोष सुवेदी, देवनारायण चौधरी, प्रकाश राई, हेमा अधिकारी, कुमार खड्का, भुवन खड्का (गगन), गोपाल श्रेष्ठ, गोविन्द श्रेष्ठ, राकेश किराती, रमण भट्टराई, बुङवा राई, मनोज तामाङ, सावित्रा कार्की, कमला राई, रामप्रसाद बराल, यदु ढकाल र कृष्ण निरौला
गाउँपालिका÷नगरपालिका
पार्टी कमिटी प्रत्येक गाउँपालिकामा ७५ र प्रत्येक नगरपालिकामा ८१ सदस्यीय बनाइएको छ । गाउँपालिका र नगरपालिका गरी ८ अध्यक्ष र ८ सचिवमध्ये ओली पक्षमा एक सचिव र ३ अध्यक्ष सहित ४ जना मात्रै रहेका छन् । ओली पक्षका सचिवमा बेलका नगरपालिका सचिव गणेश बस्नेत, चौदण्डीगढी नगरपालिकाका अध्यक्ष राजेन्द्र प्रसाद कटुवाल, उदयपुरगढी गाउँपालिकाका अध्यक्ष गोपाल खत्री र लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष भलराज राई रहेका छन् ।
यस्तै बेलका नगर अध्यक्ष मनोज तामाङ, चौदण्डीगढी नगर सचिव गोविन्द श्रेष्ठ, उदयपुरगढी गाउँ सचिव भुवन केप्छाकी मगर, लिम्चुङबुङ गाउँ सचिव भनक विक प्रचण्ड नेपाल पक्षमा देखिएको छ ।
यस्तै त्रियुगा नगर कमिटी अध्यक्ष प्रकाश कुमार बस्नेत, सचिव गीता खड्का, कटारी नगरपालिका अध्इक्ष मणिराज दाहाल, सचिव मोहन खड्का, ताप्ली गाउँ कमिटी अध्यक्ष ढुंगराज विक र सचिव टोपबहादुर ठकुरी पनि प्रचण्ड नेपाल पक्षमा खुलेका छन् ।
गाउँपालिका र नगरपालिकाका कमिटीहरुका साथै वडा कमिटीहरुमा प्रचण्ड नेपाल समूह ८५ प्रतिशत बढी नेता कार्यकर्ता ओलीको असंवैधानिक कदमको विरुद्धमा रहेको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया