अन्जनी कुमार अधिकारी 

कृपया यो पेज Like गर्नु होला


उदयपुर, चौदण्डिगढी नगरपालिकाको हडियामा रूख लड्दा एउटा घरमा क्षेती पुगेको छ।
चौदण्डिगढी नगरपालिका वडा नं. १० स्थित हडियामा रूख लड्दा स्थानीय रूम बहादुर खत्रीको कच्ची घरमा क्षेती पुगेको र रुखले किचिएर उक्त घरको टिनको छाना कामै नलाग्ने भएको स्थानिय तारानाथ पौडेलले जानकारी दिएका छन।
चौदण्डिगढी नगरपालिकाको वडा कार्यालय नजिकै उक्त घटना भएको हो। सरकारले गरिब तथा भुमिहिन नागरिकलाई ब्यवस्थित बसोबास गराउने भने पनि अहिले सम्म कार्यन्वयन नहुदा नागरिकले निकै ठूलो सास्ती खेप्नु परेको स्थानीयले बताएका छन। चौदण्डिगढी नगरपालिकाको धेरै जमिन हाल सम्म पनि ऐलानी नै रहेका छन जसका कारण नागरिकहरु अव्यवस्थित बसोबास गर्न बाध्य छन।
उता आज रुख लडेर एक घरमा सामान्य क्षेती पुगेको भए पनि निकट भबिस्यमै उक्त स्थानको धेरै ठाउँमा रूख लडेर क्षेती पुग्ने देखिएको छ भने उक्त क्षेत्रमै रहेको नगरपालिकाको १० नं. वडा कार्यालय समेत रुख लडेर क्षेती पुग्न सक्ने जोखिममा रहेको छ।
यस बिषयमा उक्त बन क्षेत्रमा पर्ने आदर्श सामुदायिक बनका अध्यक्ष रुद्र बहादुर राउत संग कुरा गर्दा त्यस क्षेत्रमा रहेका जोखिम युक्त, सुकेका तथा जरा मक्कीसकेका रुख कटान गरि निकालेर स्थानीय स्तरमा पुग्न सक्ने जोखिमलाई न्यूनीकरण गर्न आफुहरुले जिल्ला बन, नगरपालिका, संबन्धित वडा कार्यालयमा लिखित पत्र सहित कुरा गरेको भए पनि हाल सम्म बनले कुनै चासो नदिएको गुनासो ब्याक्त गरेका छन।
अध्यक्ष राउतका अनुसार पहिला उक्त क्षेत्र राष्ट्रिय बन क्षेत्रमा पर्ने भन्दै बनले रोकेको भए पनि हाल उक्त क्षेत्र सामुदायिक बन क्षेत्रमानै पर्ने नक्सामा देखिएको छ यद्यपि बनले उक्त जोखिम युक्त रुख ब्यबस्थापनमा हाल सम्म कुनै चासो नदिएको गुनासो ब्याक्त गरेका छन।
हाल हावाहुरी नचल्दा समेत रूख लडेर नागरिकलाई असुरक्षित पुर्याएको छ भने हावाहुरी चल्ने महिनामा निकै जोखिम हुने हुँदा संबन्धित निकायले बेलामा ध्यान दिनु पर्ने देखिन्छ।

 

 

तपाईको प्रतिक्रिया