समाचार/लेखलाई सेयर गर्नुहोस् ।

अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला

उदयपुर, उदयपुर जिल्लाको क्षेत्र नं १ प्रदेश सभा क निर्वाचन क्षेत्र अन्तर्गत बेलाका नगरपालिकाको रामपुरमा आज नेपाली कांग्रेसले ओली सरकारको बिरुद्ध बिरोध सभाको आयोजना गरेको छ।
नेपाली कांग्रेस केन्द्रिय कमिटीको निर्णय अनुसार आज नेपाली कांग्रेसले देशका सबै प्रदेश सभा निर्वाचन क्षेत्रमा केपी ओली सरकारले गरेको असंबैधानिक कदमको बिरुद्ध बिरोध प्रदर्शन गरेको छ।
गत पुस ५ गते आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशको लागि वर्तमान प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ पहिलो चरणमा र वैशाख २७ गते दोश्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन गर्न गरेको सिफारिशलाई राष्ट्रपति बिद्या भन्डारीद्धारा सदर गरे संगै सोही पाटीका नेता देखी प्रतिपक्षी सम्म प्रधानमन्त्रीको कदमको बिरोधमा उत्रिएका हुन।
“नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म तथा मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरुको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र वैशाख २७ गते दोश्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकेर प्रधानमन्त्रीले असंबैधानिक कदम चालेको भन्दै नेपाली कांग्रेसले देशब्यापी सरकारको कडा बिरोध गर्दै आएको छ।
आज कांग्रेसले देशका सबै प्रदेश सभा निर्वाचन क्षेत्रमा सरकारको उक्त असंबैधानिक कदम बिरुद्ध बिरोध र्‍याली तथा सभाको आयोजना गरेको हो जस अनुसार उदयपुर जिल्लाको क्षेत्र नं १ प्रदेश सभा क अन्तर्गतको बेलका नगरपालिकाको रामपुरमा बिरोध र्‍याली तथा सभाको आयोजना गरेको हो। नेपाली कांग्रेस उदयपुर क्षेत्र नं १ क को आयोजनामा भएको उक्त बिरोध कार्यक्रममा चौदण्डिगढी नगरपालिका र बेलाका नगरपालिकाका कांग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो।
बेलाका नगरपालिकाको रामपुर बजारमा भएको बिरोध कार्यक्रम सभामा परीणत हुनु पुर्व कांग्रेसका नेता कार्यकर्ताले सरकारको असंबैधानिक कदम सच्याउन माग गर्दै ओली सरकार बिरुद्ध कडा नारावाजी सहित बजार क्षेत्र पारीक्रमा गरी पुन: रामपुर बजार को मेन चोकमा पुगी सभामा पारीणत भएको थियो।
बिरोध सभा नेपाली कांग्रेस उदयपुर क्षेत्र नं १ का सभापती भोजराज खतिवडाको सभापतित्व मा भएको थियो भने कार्यक्रममा संघिय संसद, देखी जिल्लाका नेता तथा बेलाका र चौदण्डिगढी नगरपालिकाका नेता, कांग्रेसका स्थानिय स्तरका जनप्रतिनिधी, चौदण्डिगढी नगरपालिकाका मेयर खगेन्द्र राइ, महिला संघका नेता, तरुण दलका नेता तथा बिधार्थी संघका नेताहरुले अतिथीको आसान ग्रहण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अधिकांस नेताले संबिधानमै नभएको प्रतिनिधि सभा विघटन जस्तो असंबैधानिक कदम सच्याउन सरकार सग जोड्दार माग गरेका थिए।
नेपाली कांग्रेस उदयपुर क्षेत्र नं १ क को आयोजनामा भएको उक्त बिरोध कार्यक्रम चलिरहदा बाटोमा यात्राा गर्ने यात्राीले भने निकै ठुलो सास्ती खेप्नु परेको थियो। बेलाका नगरको केन्द्र रामपुर बजारको मदन भण्डारी लोकमार्गमै बिरोध सभा आयोजना हुँदा उक्त लोकमार्ग हुँदै पुर्व पश्चिमजाने यात्राीले भने निकै ठुलो सास्ती खेप्नु परेको थियो।

 

तपाईको प्रतिक्रिया