गाईघाट: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कृपया यो पेज Like गर्नु होला

मृत्यु हुनेमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ का १८ बर्षीय किसोर छन् । उनको आज बिहान साढे ७ बजे कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिएका छन् । मृतकलाई पुष ११ गते कोभिड पुष्टि भएको थियो । उनी सोही दिन प्रतिष्ठानमा भर्ना भएका थिए । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।

तपाईको प्रतिक्रिया