अन्जनी कुमार अधिकारी
उदयपुर, चौदण्डिगढी नगरपालिका वडा नं ३ बरगाछि स्थित हिरा राइ र  नैन सिंह राइको घरमा आगलागी हुँदा अन्दाजी ४० लाख बराबरको क्षेती भएको प्रहरीले जानकारी दिएको छ।
हिरा राइको घर बाट शुरु भएको आगो छिमेकी नैन सिंह राइको घरमा समेत पुगेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बिधुत आपुर्ती सर्ट हुन पुगी आगलागी भएको अनुमान गरिएको इलाका प्रहरी कार्यलय बेल्टारका प्रमुख प्रहरी निरिक्षक छेफिन्जो भोटेले जानकारी दिनु भएको छ ।
हिरा राइको घर बाट शुरु भएको आगलागीले हिरा राइको दुई तल्ले पक्की घर पूर्णरुपले जलेर नष्ट भएको छ तल आरसिसी ढलान गरिएको उक्त घरको दोश्रो तला भने काठ र टीनको रहेको थियो उक्त घरमा आगलागी हुँदा घर भित्र रहेको अन्नपात, गरगहना, लुगा लगायतका सम्पूर्ण सामाग्री जलेर नष्ट हुँदा अन्दाजी ३० लाख बराबरको क्षेती भएको थियो हिरा राइको घरमा लागेको आगो  उता छिमिके नैन सिंह राइको घरमा समेत  सल्किदा नैन सिंह राइको एक तल्ले पक्की घरमा अन्दागी १० लाख बराबरको क्षेती भएको प्रहरीले जानकरी दिएको छ।
आगलागी आज सांझ अन्दाजी ५ बजे बाट शुरु भएको थियो उक्त आगो नियन्त्रणमा लिन स्थानिय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चौदण्डिगढी नगरपालिका, बेलाका नगरपालिका र त्रियुगा नगरपालिकाको दमकलको मद्दतले सांझ ७ बजे नियन्त्रणमा लिइएको थियो।

कृपया यो पेज Like गर्नु होला

 

तपाईको प्रतिक्रिया