केदार कटुवाल

कृपया यो पेज Like गर्नु होला

उदयपुर, सबै स्थानीय तह मार्फत संचालन हुने सशर्त अनुदानका रुपमा उपलब्ध बजेट तथा कार्यक्रम अन्तर्गतको गरीबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम ( मेड्पा ) संचालन लाई ” गरीबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम संचालन निर्देशिका – २०७७ ” को मापदण्ड बिपरित चौदण्डीगढी नगर पालिकाले उद्यम बिकास सहजकर्ता पाचौं तह र सहयोगि चौथो मा कर्मचारी सेवा करार मा छनौट गरेको छ ।

  कार्तिक २५ मा प्रकाशित बिज्ञापनमा उद्यम बिकास सहजकर्ताका लागि प्राबिधिक शिक्षा तथा ब्याबशायीक तालिम परिषद ( सिटिई भिटि ) बाट सहजकर्ता र सहयोगि को लागि डिप्लोमा उतिर्ण भनिए पनि ती योग्यता हासिल नगरेकोलाइ करार सेवामा नियुक्ति गरिएको प्रतिस्पर्धी हरुको आरोप छ ।
  निर्देशिका को परिच्छेद २ को दफा ५ र ६ मा सहजकर्ता र सहयोगिकाेे छनौट ततथा योग्यतामा स्थानिय तहमा कार्यक्रम संचालनका लागि प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालिम परिषद् बाट मान्यता प्राप्त उद्यम बिकास सहजकर्ता सम्बन्धि डिप्लोमा कोर्ष उतिर्ण गरेको वा सिटिईभटि बाट उद्यम बिकास सीप परिक्षण तह ३ उतिर्ण गरेको वा प्राबिधिक प्रबेशिका उतिर्ण गरेको हुनुपर्ने निर्देशिकामा स्पष्ट ब्यबस्था छ । तर प्रमुख प्रसाशकिय ले मापदण्डविपरीत अाफ्नै कर्मचारीका छोरी र श्रीमतीलाइ  नियुक्ति को सिफारिस गरेको उमेदवार हरुले आक्रोस ब्यक्त गरेका छन ।
        सेवा करारको लागि पाचौं तहमा ७ जना र चौथो तह सहायकमा  २३ जनाको आबेदन परेकोमा प्रारम्भिक योग्यता क्रम योग्यता क्रम सूचिमा ५ जना र १५ जनाको नामावली प्रकासन भयो । सूचि प्रकासन संगै प्रमुख प्रशासकियले कर्मचारी परिवारपरिवारका सदस्य नियुक्तिको सेटिङ मिलायको आरोप  परीक्षार्थीहरुको छ ।
  बिषय बिज्ञको रुपमा बोलाइएकि मिरा तामाङलाइ कुनै भूमिका दिइएन ।
  सर्टलिष्ट , लिखित तथा मौखिक ६० पुर्णाङ्क हुने गरि परीक्षा पाठ्यक्रम तयार पारिएको थियो । तर आफुहरुलाइ १० पुर्णाङ्कको मौखिक अन्तर्बार्ता लिन भनिएको छनौट समितिका एक सदस्यले बताए ।
  गरीबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम संचालन निर्देशिका – २०७७ , स्थानिय तहको करार कर्मचारी छनौट कर्चामरी छनौट कार्यबिधी र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय बाट विभिन्न समयमा गरीएका परिपत्र अनुसार लघु उद्यम बिकासका लागि चौथो र पाचौं तहका लागि परिक्षण तह ३ गरृका अनुभबी र स्थानिय बासीलाइ पहिलो प्राथमिकतामा राख्नु पर्ने भए पनि चौथो तहमा उदयपुर गढी गाउपालिका कि मन्जु ढकाललाइ सिफारिस गरियो । चौतर्फी बिरोध भएको बाहाना बाजि गर्दै सिफारि भएलाइ नियुक्ति नदिइ बैकल्पिक सूचिमा रहेेेेकि एक कर्मचारीकि श्रीमतीलाइ  नियुक्ति दिएको भन्दै नगरपालिकाको परीक्षार्थी तिब्र अालोचना र अाक्रोसमा ब्यक्त गरे ।
  निर्देशिका बिपरित गरिएको परीक र परिणाम प्रति घोर आपत्ति जनाउदै अाएको परीक्षामा सहभागिहरुले जनाएका छन ।
 तर यता चौदण्डी गढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्म राज आचार्य ले कार्यबिधि निर्देशिका अनुसार नै परीक र  नियुक्ति सिफारिस गरियको बताए ।

तपाईको प्रतिक्रिया