अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला


उदयपुर, चौदण्डिगढी नगरपालिकाले आगामी माघ ७ गतेबाट काठमाण्डौमा हुने राष्ट्रिय महिला उपमेयर लिग फुटबल प्रतियोगितामा सहभागी हुने आफ्ना नगरका महिला खेलाडीहरुलाई खेल सामाग्री हस्तान्तरण गरेको छ।
हिजो नगरपालिकामै एक कार्यक्रमको आयोजना गरेर महिला खेलाडीहरुलाई उक्त सामाग्री हस्तान्त्रण गरिएको नगरप्रमुख खगेन्द्र राइले जानकारी दिनु भएको छ।
यही पौष ७ गते बाट बन्दप्रशिक्षणमा रहेका खेलाडी तथा प्रशिक्षकलाई नगरपालिकामा नगर प्रमुख खगेन्द्र राइ, उपमेयर रिता चौधरी, वडा अध्यक्ष कमलध्वज राइ, नगर खेलकुद बिकास समितीका अध्यक्ष शसीचन्द्र राइले संयुक्तरुपमा खेल सामाग्री हस्तान्त्रण गर्नु भएको थियो।
माघ ७ गतेबाट काठमाण्डौमा हुने राष्ट्रिय महिला उपमेयर लिग फुटबल प्रतियोगितामा देश भरी बाट जम्मा आठ टिमले आफ्नो सहभागीता जनाउने छन जसमा पुर्वान्चल बाट बिराटनगर उपमहानगरपालिका र चौदण्डिगढी नगरपालिकाले मात्र प्रतियोगितामा आफ्नो स्थान सुरक्षित पार्दै सहभागी हुने अवसर प्राप्त गरेका थिए।
खेल सामाग्री हस्तान्तरण गर्दै मेयर खगेन्द्र राइले अनुसाशित तरिकाले प्रतियोगीतामा सहभागी भई विजयी भएर आउन अग्रिम शुभकामना ब्याक्त गर्नु भएको थियो।
कार्यक्रममा खेल प्रेमी बिभिन्न ब्याक्तिको उपस्थिती रहेको थियो।

 

तपाईको प्रतिक्रिया