अन्जनी कुमार अधिकारी
उदयपुर, चौदण्डिगढी नगरपालिकाको बेल्टारमा समेत नेपाली काङ्ग्रेसले सरकारको असंवैधानिक कदमको बिरोध गर्दै बृहत प्रदर्शन गरेको छ।
नेपाली काङ्ग्रेस केन्द्रिय कमिटीको निर्णय अनुसार आज काङ्ग्रेसले देशका १६५ ओटै निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गरेको थियो जसअनुसार आज उदयपुर जिल्लाको एक नम्बर निर्वाचन क्षेत्र अनुसार बेल्टारमा समेत बिरोध प्रदर्शन गरेको हो।
उदयपुर क्षेत्र नं १ ले चौदण्डिगढी नगरपालिकालो बेल्टारमा आयोजना गरेको बिरोध प्रदर्शनमा जिल्लाका बेलका र त्रियुगा नगरपालिका बाट नेता तथा कार्यकर्ताको व्यापक उपस्थिति रहेको थियो
कार्यक्रम उदयपुर जिल्ला क्षेत्र नं १ का क्षेत्रीय सभापति भोजराज खतिवडाको सभापतित्व तथा जिल्ला सभापति बिदुर बस्नेतको प्रमुख आतिथ्यमा भएको थियो कार्यक्रममा प्रदेश सांसद हिमाल कार्की बिशेष अतिथि थिए भने कार्यक्रममा जिल्लाका विभिन्न तह र तप्काका नेता तथा जनप्रतिनिधीहरुले आतिथ्यता ग्रहण गर्नु भएको थियो कार्यक्रम उदयपुर जिल्ला क्षेत्र नं १ का क्षेत्रीय सचीव सुशील खत्री संचालन गरेका थिए।
बिरोध प्रदर्शन नेपाली काङ्ग्रेस क्षेत्र नं १ को क्षेत्रीय पार्टी कार्यालय बेल्टार बाट शुरु भएको थियो, बिरोध र्‍यालीले नगरको लाफा चोक, स्कुल डाडा, नगरपालिका लाइन, सिटिहल, बिपी चोक, पुस्पलाल चोक हुदै बेल्टार बसपार्कमा पुगेर कोणसभामा परिनत भएको थियो।
कोणसभामा स्वगत मन्तव्य चौदण्डिगढी नगरपालिकाक नगर सभापति राजेन्द्र पौडेलले राखेका थिए।
कार्यक्रमलाई तरुण दल क्षेत्रीय सभापति चन्द्रलाल गिरी, चौदण्डिगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले आफ्नो मन्तव्य राख्नु भएको थियो।
बिराटनगर जानू पर्ने विशेष कार्य र केही स्वास्थ्य समस्याका कारण  भन्दै प्रमुख अतिथि बिदुर बस्नेतले पहिलानै आफ्नो मन्तव्य राखेर बिदा हुनु भएको थियो भने कार्यक्रमलाई प्रदेश सांसद हिमाल कार्की, सज्जा दनुवार, त्रियुगा र बेलकाका नगर सभापति, महिला संघकि सभापतिले आफ्नो मन्तव्य राखेका थिए।
मन्तव्य राख्ने अधिकांस बक्ताहरुले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमको चर्को बिरोध गर्दै देशमा कम्युनिस्ट सरकार अफावशिद्ध जस्तै भैसकेको धारणा राखेका थिए।
काङ्ग्रेसले २००७ साल देखि ६२/६३ सम्म आईपुग्दा विभिन्न कालखण्डमा निर्णायक आन्दोलन गर्ने गरेको भन्दै देशब्यापी आन्दोलन बाटै काङ्ग्रेसले बर्तमान सरकारको असंवैधानिक कदम सच्याई विघटित प्रतिनिधि सभा ब्युँताई छाड्ने भन्दै आम जनतालाई लोकतन्त्र रक्षको लागि एक भएर आन्दोलनमा आउन आव्हान गरेका थिए।

कृपया यो पेज Like गर्नु होला

 

तपाईको प्रतिक्रिया