उदयपुर, ९ पुस । उदयपुरको कटारी नगरपालिका वडा नं. १ बेलसोतको चुरेक्षेत्रमा विहिबार साँझ ट्रकले ठक्कर दिँदा मोटर साइकल चालकको घटना स्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा दुधौली नगरपालिका ११ का ५० वर्षको दिपक कार्की रहेको ईलाका प्रहरी कार्यलय कटारीका प्रमुख डिसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

कृपया यो पेज Like गर्नु होला

मिर्चैयाबाट कटारी तर्फ जाँदै गरेको प्रदेश ३–०२–०१३ प ००७४ नम्बरको मोटर साइकल र सोही दिसातर्फ जाँदै गरेको ना ३ ख ४३२१ नम्बरको ट्रकले मोटर साइकल चालकलाई पछाडीबाट ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रक चालक सप्तरी कन्चनरुप नगरपालिका ६ बस्ने २६ वर्षिय मोहमद अफरोज रहेको छ । ट्रक र चालक अहिले ईलाका प्रहरी कार्यलय कटारीको नियन्त्रणमा रहेको डिसपी भण्डारीले बताए।

तपाईको प्रतिक्रिया