अन्जनी कुमार अधिकारी
दयपुर, चौदण्डिगढी नगरपालिका ६ हडियाका अग्नि पीडितलाई हालै नवगठित लाईन्स क्लव अफ उदयपुर चौदण्डिगढीले सहयोग गरेको छ।
गत पौष २ गते राती लगभग ११ बजेको समयमा पीडित हरिबहादुर बस्नेतको घरमा आगलागी हुँदा अन्दाजी १० लाख भन्दा माथीको क्षेती भएको थियो।
काठ र टिनले बनेको दुई तले घर सहित गाईगोठ, बाख्रा, कुखुरा, अन्नपात, भाडाकुडा सहित सम्पुर्ण लत्ताकपडा समेत जलेर नष्ट भएका पीडितलाई आज लाइन्स क्लब अफ उदयपुर चौदण्डिगढीले सहयोग गरेको हो।
लाइन्स क्लब अफ उदयपुर चौदण्डिगढी यहि मंसिरमा मात्र चौदण्डिगढी नगरपालिकाको बेल्टारमा पवन कार्कीको अध्यक्षतामा गठन भएको संस्था हो।
लाइन्स क्लब अफ उदयपुर चौदण्डिगढीले आफ्नो स्थापनकालको शुरु अवस्थामै समस्यामा परेका कुनै पनि ब्याक्तिलाई सहयोग गर्ने मानवीय कार्य अन्तर्गत संस्थाले पहिलो पटक हडियाका अग्नि पीडितलाई क्लबका सम्पुर्ण सदस्यको आर्थिक सहयोगमा घर निर्माणको लागि २६ एमएम को रंगिन टिन उपलब्ध गराईएको क्लबका अध्यक्ष पवन कार्कीले जानकारी दिनु भएको छ।
उता नगरपालिकाले अग्नि पीडित हरिबहादुर बस्नेतको घर निर्माण गर्न ३ लाख उपलब्ध गराउने नगर प्रमुख खगेन्द्र राईले जानकारी दिनु भएको छ।
उक्त रकम बाट नगरको योजना अनुरुप दुई कोठे घर मात्र निर्माण हुने हुँदा घर केही ठूलो बनाउन रकम अपुग हुने भए पश्चात् लाइन्स क्लबले घर निर्माण गर्न टिनको सहयोग गरेको हो।
नवगठित लाइन्स क्लब अफ उदयपुर चौदण्डिगढको तर्फ बाट सहयोग हस्तान्तरण गर्न क्लबका अध्यक्ष पवन कार्की सहित क्लबकि उपाध्यक्ष कौशिला राई सदस्यहरु उषा राई, निर्मला राई, केशब आले, दिपेन्द्र राई, तिर्थ कटवाल, काजी थापा समाज सेवी दिपक राउत लगायतका ब्याक्तिको उपस्तिथि रहेको थियो।

कृपया यो पेज Like गर्नु होला

 

तपाईको प्रतिक्रिया