अन्जनी कुमार अधिकारी
उदयपुर, चौदण्डिगढी नगरपालिकाको वडा नं ६ सातधारेमा नवनिर्मित “उदयपुर कोभिड अस्पातल” को आज एक कार्यक्रमका बिच एक नम्बर प्रदेश सरकारका सामाजिक बिकास मन्त्री जीवन घिमिरे र नेपालका लागी स्विस सरकारकी राजादुत एलिजा बेथ द्वारा संयुक्तरुपमा उद्घाटन गर्नु भएको छ।
बेल्टार बजारको चौदण्डी पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी अस्पातल उद्घाटनको शुभारम्भ गरिएको थियो भने पार्टी प्यालेसमा कार्यक्रम समापन भए पस्चात पुन: सम्पूर्ण अतिथी, प्रमुख अतिथी लगायतलाई अस्पातल जान आयोजकले जानकारी गराएको थियो भने अस्पातल पुगेर बिधिवत कोभिड अस्पातलको उद्घाटन गरिएको थियो।
उदयपुर पर्यटन बिकास बोर्ड नाम दिएर स्थापना भएको उदयपुरका आठै पालिकाका प्रमुख संमिलित “उदयपुर पर्यटन बिकास बोर्ड” ले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) रोक्थामा तथा नियन्त्रण हेतु जिल्लाको चौदण्डिगढी नगरपालिकामा कोभिड अस्पातल निर्माण गर्ने उद्धेस्य सहित उक्त अस्पात निर्माण गरिएको हो।
उदयपुर पर्यटन बिकास बोर्ड्ले संरक्षण गर्ने यस उदयपुर कोभिड-१९ अस्पतालमा हाल संचालन समिति सहित विभिन्न बिषयगत समिति गठन गरेर अत्यन्तै ब्यबस्थित तरिकाबाट कोरोना संक्रमित ब्याक्तिको उपचार गर्न आफुहरु लागि परेको अस्पताल संचालन समितिका संयोजक समेत रहेका चौदण्डिगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताउनु भएको छ।
उदयपुर कोभिड-१९ अस्पताल निर्माणको जिम्मा “धुलिखेल सुसम आदित्य रेग्मी जेभी” ले २ करोड ६८ लाख रुपैयाँमा भवन बनाउने गरी ठेक्का सम्झौता गरेको हो ठेक्का सम्झौता अनुसार गत कात्तिक १७ गते अस्पताल सम्पन्न गरि हस्तान्तरण गर्नु पर्ने थियो तथापि दशै तथा तिहार जस्ता महान चाडका कारण निर्माणमा केही ढिला भएको भए पनी यहि मंसिर २० भित्र अस्पताल भवन हस्तान्तरण हुने यस अघी बताइएको भए पनि आज मात्रा बिधिवत उद्घाट भएको हो। ट्रस प्रयोग गरि निर्माण गरिएको यस अस्पतालमा १४ कोठा सहित ४० शय्याको बेड, कोरोना भाइरस परिक्षणको लागि ल्याव र ८ ओटा भेन्टिलेटर रहने चौदण्डीगढी नगरपालिकाले जनाइएको छ।

कृपया यो पेज Like गर्नु होला


स्विस सरकारको १ करोड ५० लाख अनुदान सहयोग र उदयपुर जिल्लाका आठ पालिका मध्य ४ नगरपालिका बेलका, चौदण्डीगढी, त्रियुगा र कटारीले १५ लाख, अन्य ४ गाउँपालिका लिम्चुङबुङ, रौतामाई, ताप्ली र उदयपुरगढीले १० लाख गरि जम्मा भएको २ करोड ५० बाट यस अस्पातलको निर्माण भएको हो।
आज बिशेष कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिएको “उदयपुर कोभिड अस्पातल” को उद्घाटन कार्यक्रम चौदण्डिगढी नगरपालिकाका प्रमुख तथा उदयपुर पर्यटन बिकास बोर्ड्का सदस्य एंवम अस्पताल संचालन समितिका संयोजक खगेन्द्र राइको सभापतित्व तथा एक नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको थियो भने कार्यक्रममा बिशेष अतिथी नेपालका लागी स्विस सरकारकी राजादुत एलिजा बेथ हुनुहुन्थियो।
कार्यक्रममा उदयपुर पर्यटन बिकास बोर्ड्का अध्यक्ष तथा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी सहित अन्य ६ वटा पालिकाका प्रमुख, उपप्रमुख, प्रदेश सांसदहरु, नेपाली काङ्रेस उदयपुरका क्षेत्रीय सभापती, नगर सभापती, नेकपा चौनपाका सभापती, चौनपा उधोग बाणिज्य संघका अध्यक्ष, चौनपाका वडा अध्यक्ष तथा वडा सदस्यहरु, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखहरु, जिल्ला जनस्वास्थ्यका प्रमुख अतिथीको रुपमा उपस्थित हुनुहुन्थियो।
उद्घाटन कार्यक्रम राष्ट्रीय गान बजाएर शुरु गरिएको थियो भने ज्ञातअज्ञात शाहीद प्रती १ मिनेट मौनधारणा समेत गरिएको थियो भने कार्यक्रमा चौनपाकी उपप्रमुख रिता चौधरीली स्वागत मन्तब्य राख्नु भएको थियो।
कार्यक्रममा प्रदेशका केही माननीयलाई मन्तब्यको लागी स्टेजमा निमन्त्रणा गरिएको भए पनि आफुहरुको भाग प्रमुख अतिथीले बोल्ने भन्दै पंक्षिदा कार्यक्रमहल हासोले गुन्जिएको थियो।
कार्यक्रमलाई प्रदेश सांसद अम्बिका थापा, नेपालका लागी स्विस सरकारकी राजादुत एलिजा बेथ, उदयपुर पर्यटन बिकास बोर्ड्का अध्यक्ष तथा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी र प्रमुख अतिथी १ नं प्रदेशका सामाजिक बिकास मन्त्री जीवन घिमिरेले सम्बोधन गरेका थिए भने कार्यक्रमका सभापती चौनपा मेयर खगेन्द्र राइले आफ्नो मन्तब्य सहित पहिलो चरणको कार्यक्रम समापन भएको घोषणा गर्दै अस्पातल रिबिन काटेर उद्घाट गर्ने कार्यक्रममा सरिक हुन सबैलाई आग्रह गर्नु भएको थियो। कार्यक्रम उदयपुर पर्यटन बिकास बोर्ड्का सचिव तथा बेलाका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले सन्चालन गर्नु भएको थियो।

पार्टीप्यालेसमा एक चरणको कार्यक्रम समापन भए पस्चत सातधारेमा रहेको “उदयपुर कोभिड अस्पातल” बिधिवत १ नं प्रदेशका सामाजिक बिकास मन्त्री जीवन घिमिरे र नेपालका लागी स्विस सरकारकी राजादुत एलिजा बेथले संयुक्त रिवन काटेर उद्घाटन गर्नु भएको थियो।

 

 

तपाईको प्रतिक्रिया